धादिङकाे त्रिपुरासुन्दरीका जनप्रतिनीधि र कर्माचारीले आफ्नाे बालबालिका सरकारी पढाउनु पर्ने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १९, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सुचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउन आग्रह गरेकाे छ ।

त्रिपुरासुन्दरी गाउँपालिका गाउँ शिक्षा समिति तथा गाउँ कार्यपालिकाको मिति २०८०/१२/१९ गते बसेको बैठककाे निर्णय अनुसार सार्वजनिक पद धारण गरेका सम्पूर्ण जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा राजनैतिक दलका नेतृत्वदायी भूमिकामा रहनु हुने सम्पूर्ण व्यक्तित्वहरुले आफ्ना बालबालिकाहरुलाई सरकारी स्कुलमा पढाउन अनुराेध गरेकाे हाे ।