धादिङका सुदिपद्वारा,वन प्राविधिक संघको सचिवमा उम्मेदवारी

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २०, २०८०

धादिङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन संकायको ‘गोल्डमेडलिस्ट’ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटार निवासी सुदिप छत्कुलीले यहि चैत २४ गते हुने नेपाल वन प्राविधिक संघको निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी दिएका छन् ।

२०४४ असोज २२ जन्मिएका छत्कुली २०६९ मा लोकसेवाबाट नेपाल वन सेवा अन्तर्गत २/२ ठाउँबाट अधिकृतमा निकाली नेपाली वन सेवा जनरल फरेष्ट्री तर्फको अधिकृतको रूपमा सेवा प्रवेस गरेका क्षेमतावान व्यक्ति हुन् । धादिङ जिल्ला वन कार्यालयमा २०७१ देखि २०७३ सम्म २ वर्ष वन अधिकृतको काम गरेका उनले वन विज्ञानमा स्नातकोत्तर, जन प्रशासनमा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर पुरा गर्दै २०७८ सालमा लोकसेवा मार्फत वन सेवा अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत उपसचिवमा कार्यरत छन् ।

हिमाल पहाड र तराई सबै क्षेत्रलाई कार्यस्थल बनाई अनुभव हासिल गरेका उनले सम्पूर्ण वन प्राविधिकको साझा थलो नेपाल वन प्राविधिक संघको चुनावमा आफूले भारी मत पाउने आशा गरेका छन् । संघमा ३१ सय ६७ वन प्राविधिकहरू आबद्ध छन् ।

वन परिषदको गठन, वन संगठन र प्राविधिक प्रती लक्षित आक्रमणको शसक्त प्रतिकार, वन क्षेत्रमा बढदो बेरोजगारीको विकल्प देशभित्र हरित रोजगारी सृजना, वन सम्वर्धन प्रणालीमा आधारित वन ब्यस्थापन, वन प्राविधिक संघलाई नितिगत बहसको थलो र Knowledge Hub बनाउने प्रतिवद्धता सहित उनी यति खेल चुनावी मैदानमा छन् ।

आगामी ३ बर्षसम्म नै उपत्यकाभित्रै रही वन प्राबिधिकको हकहितमा आवाज उठाउने प्रतिबद्धता सहित डिफान, सन्जाल र मधेसका लागि वनको साझा टिमका तर्फबाट आफुले सचिव पदमा उम्मेदवारी दिएको धादिङपोष्टलाई बताए ।