धादिङका सुदिपको सचिवमा उम्मेदवारी, वन प्राविधिक संघको चुनाव आज

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २४, २०८०

धादिङ । नेपाल वन प्राविधिक संघको नयां नेतृत्वच चयनका लागि आज निर्वाचन हुँदै छ । यस निर्वाचनमा धादिङका सुदिप छत्कुली सचिव पदका लागि उम्मेदवार छन् ।

बिहान १० बजेदेखि ५ बजेसम्म सातै प्रदेश र काठमाडौं उपत्यका गरी आठ स्थानमा हुने मतदानमा करिब ३२ सय मतदाता सहभागी हुंदैछन् । यस निर्वाचनमा कांग्रेस–माओवादी र मधेशवादी दल निकटको संयुक्त प्यानल छ भने, एमाले र मधेशवादी दल निकट प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

धादिङका सुदिप छत्कुली
२०४४ असोज २२ जन्मिएका छत्कुली २०६९ मा लोकसेवाबाट नेपाल वन सेवा अन्तर्गत २/२ ठाउँबाट अधिकृतमा निकाली नेपाली वन सेवा जनरल फरेष्ट्री तर्फको अधिकृतको रूपमा सेवा प्रवेस गरेका क्षेमतावान व्यक्ति हुन् । धादिङ जिल्ला वन कार्यालयमा २०७१ देखि २०७३ सम्म २ वर्ष वन अधिकृतको काम गरेका उनले वन विज्ञानमा स्नातकोत्तर, जन प्रशासनमा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर पुरा गर्दै २०७८ सालमा लोकसेवा मार्फत वन सेवा अन्तर्गत खुल्ला प्रतिस्पर्धा मार्फत उपसचिवमा कार्यरत छन् ।