धादिङमा कुन दलको कुन पोजीशन

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १७, २०७९

धादिङ । मंसिर ४ गते सम्पन्न आम चुनावबाट धादिङमा पहिलो पार्टी एमाले बनाएको छ, प्रत्यक्ष तर्फ भने ६ सिट मध्य ५ सिटका लागि उम्मेदवार उठाएको एमालेले एक सिट पनि जित्न सकेन ।

धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बन्दा प्रत्यक्ष तर्फ पराजित हुन पुग्यो । दोस्रोमा नेपाली काँग्रेसले ३७ हजार ५२४ मत प्राप्त गर्यो कांग्रेसले प्रत्यक्ष तर्फ पनि धादिङमा ठुलो सफलता प्राप्त गर्दा संघीय सांसद सहित २ जना प्रदेश सांसद समेत जित्यो ।

तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत प्राप्त गर्दा प्रदेश तर्फ दुई क्षेत्रमा उम्मेदवार उठाएको माओवादीले १ क्षेत्र गुमायो भने एकमा जित हाँसिल गर्यो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदै चौंथो पार्टी बन्यो तर यस पार्टीले प्रत्यक्ष तर्फ सम्मानजनक मत ल्याएपनि जित हासिल गर्न सकेन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० हजार ०५३ मत पाँचौं पार्टी बन्दा प्रत्यक्ष तर्फ १ सिट जित्न सफल रह्यो । नेकपा एकीकृत समाजवादीले धादिङमा ८ हजार ४२९ मत प्राप्त गर्दा धादिङ १ मा लोकप्रिय मतका साथ विजयी बन्यो र।

कुल २ लाख ६५ हजार ९९६ मतदाता रहेको धादिङ जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको १ लाख ५१ हजार २०६ मतमध्ये ६ हजार ६१० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धादिङमा प्रत्यक्ष तर्फ कस्ले कस्लाई पराजित गरे
धादिङ १ प्रतिनीधि सभा सदस्य
राजेन्द्र प्रसाद पाण्डे, एकीकृत समाजवादी प्राप्त मत ३५,९३४ विजयी
भुमि त्रिपाठी, नेकपा एमाले प्राप्त मत २७,९५३
धादिङ २ प्रतिनीधि सभा सदस्य
रामनाथ अधिकारी, नेपाली कांग्रेस, प्राप्त मत ३४,७३६ विजयी
खेम प्रसाद लोहनी, नेकपा एमाले, प्राप्त मत २४,१९०

धादिङ प्रतिनीधि सभा १ को प्रदेश सभा १
मदुकुमार श्रेष्ठ, नेपाली कांग्रेस प्राप्त मत १७,८७७ विजयी
रमेश आचार्य, नेकपा एमाले प्राप्त मत १६,५६८
धादिङ प्रतिनीधि सभा १ को प्रदेश सभा २
शालिकराम जमकट्टेल, माओवादी केन्द्र, प्राप्त मत १९,९२९ विजयी
गजेन्द्र थपलिया, नेकपा एमाले, प्राप्त मत १२,४९८

धादिङ प्रतिनीधि सभा २ को प्रदेश सभा १
गोविन्द लम्साल, नेपाली कांग्रेस प्राप्त मत १८,७४७ विजयी
डा. रामकुमार अधिकारी, नेकपा एमाले प्राप्त मत १६,४५८
धादिङ प्रतिनीधि सभा २ को प्रदेश सभा १
डम्बर तामाङ, राप्रपा प्राप्त मत १४,५१९ विजयी
जगत सिंखडा, माओवादी केन्द्र, प्राप्त मत १४,३८३