धादिङमा समानुपातिक मत कलमलाई भन्दा घण्टीलाई बढी, कुन दलले कति ल्याए सूची सहित

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १२, २०७९

धादिङ । धादिङ जिल्लाको समानुपातिक मतको गणना सकिए छ । धादिङमा प्रतिनीधिसभा तर्फ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको चुनाव चिन्ह कलमले भन्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीले धेरै मत पाएको छ ।

एकीकृत समाजवादीको कलम चिन्हले धादिङ प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा ६,०३५ र क्षेत्र नम्बर २ मा २,३९४ गरी ८४२९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह घण्टीले क्षेत्र नम्बर १ मा १०,१२७ र क्षेत्र नम्बर २ मा ५,६२८ गरी १५,७५५ मत पाएको छ । यो सँगै धादिङमा घण्टीले कलमलाई ७,३२६ मतले पछाडी पारेको हो ।

धादिङको यी दुई निर्वाचन क्षेत्रको समानुपातिक मत गणनाले जिल्लाको ठुलो पार्टीका रुपमा एमाले कायम भएको छ । एमालेले दुई क्षेत्रमा गरी कुल ४१, ०८८ मत पाएको छ । यस्तै दोस्रो पार्टीका रुपमा कांग्रेस देखियो । कांग्रेसले कुल ३७,५२४ मत ल्याएको छ ।

यस्तै धादिङमा माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ । माओवादी केन्द्रले कुल २७,२८८ मत पायो । चौथो राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी बनेको छ । धादिङमा राप्रपा पाचौं पार्टी बन्यो राप्रपाले कुल १०,०५३ मत ल्याएको छ, भने छैटौंमा एकीकृत समाजवादी बन्न सफल भएको छ ।
प्रतिनीधिसभा तर्फ समानुपातिकमा कुन पार्टीले कति मत ल्याए सूची