धादिङ २ मा रामनाथ अधिकारी विजयी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ८, २०७९

धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम लोहनी भन्दा १०,५३३ मत अन्तरले विजयी भएका छन् ।

रामनाथ अधिकारी ३४,४८३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका खेम लोहनीले २३,९५० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुमायाँ तामाङले ५५२५ मत ल्याएकी छिन् भने यो क्षेत्रमा ३३७३ मत बदर भएको छ ।