
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुबीभ्याली गाउँपालिकाको सभापतिमा सुरेन्द्र तामाङ चयन भएका छन् । सोमबार सम्पन्न पालिकास्तरीय भेलाले तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपसभापतिमा रवीन्द्र तामाङ, सचिवमा कुलमान गुरुङ, सहसचिवमा क्षितिज तामाङ र कोषाध्यक्षमा सोनाम तामाङ चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा प्रदीप विक, अइती तामाङ, सेनप तामाङ, खम्बा धर्ते, रोहित तामाङ र अर्जुन विक चयन भएका छन् ।
भेलामा संघीय सांसदद्वय बसुमाया तामाङ र बोधनारायण श्रेष्ठ, रास्वपा बागमती प्रदेश महामन्त्री मेनुका ठकुरी, सहमहामन्त्री स्वस्तिका लमिछाने तथा जिल्ला सभापति राजन अर्याललगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
भेलामा पार्टीका विभिन्न तहका नेताहरूको सहभागिता रहेको रास्वपाका नेता मिलन डल्लाकोटीले जानकारी दिए ।

