
धादिङ । धादिङको प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका मदुकुमार श्रेष्ठ १,२९४ मतान्तरले विजयी भएका छन् ।
श्रेष्ठले १,७८३२ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी नेकपा एमालेका रमेश आचार्यले १,६५३८ मत ल्याएका थिए ।
यस्तै एमलेले टिकट नदिएपछि रुष्ट बनेर उम्मेदवारी दिएका नेत्र पौलेलको चिम चिन्हले ४,६८८, हलो १,८५३ र भाले चिन्हले ८५१ मत यो प्रदेशमा ल्याएको छ ।