धादिङमा एमाले पराजित हुँदा को-को ले जिते

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ९, २०७९

धादिङ । धादिङमा नेकपा एमालेले पराजय भोग्नु परेको छ । सत्ता गठबन्धन सामु बलियो दाबेदारका रुपमा चुनावी मैदानमा उत्रिएको एमाले धादिङलाई यो संघीय निर्वाचन र प्रदेश निर्वाचन फलदायी हुन सकेन । तथापी एमाले कै सहकार्यमा राप्रपाले धादिङ २ को प्रदेश २ मा भने जित निकालेको छ ।

धादिङ १ मा राजेन्द्र पाण्डे विजयी
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । पाण्डेका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका थिए भने दुई हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार छ सय १५ जनाले मतदान गरेका थिए ।

धादिङ १ को प्रदेश २ मा शालिकराम जमकट्टेल विजयी
नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् । यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ । जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

धादिङ १ को प्रदेश २ मा मदुकुमार श्रेष्ठ विजयी
नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मत ल्याइ विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेद्वार रमेश आचार्यलाइ १ हजार २ सय ९४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । आचार्यको १६ हजार ५ सय ३२ मत ल्याउदा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेद्वारी पौडेलले ४ हजार ६ सय ८८ मत ल्याएका थिए ।
एमालेमा विद्रोह गर्दै प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएका पौडेलआफुले विजय हाँसिल गर्न नसकेपनि पार्टीको उम्मेद्वारलाइ पराजय गराउन उनको मत पर्याप्त बनेको थियो ।

धादिङ २ मा रामनाथ अधिकारी विजयी
नेपाली काँग्रेसका धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् । मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६९ हजार १ सय ६४ मत गणना भएको थियो । राष्टिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन । यो निर्वाचन क्षेत्रमा ३ हजार ३ सय ७३ मत बदर भएको छ । २०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसका अधिकारीसंग भारी मतअन्तरले पराजीत भएका छन् ।

धादिङ २ को प्रदेश १ मा गोविन्द लंसाल विजयी
नेपाली काँग्रेसका नेता गोविन्द लंसाल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा। राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लंसाल विजयी भएका हुन् । लंसाल नेकपा माओवादी केन्द्र र नेकपा एस र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो । यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

धादिङ २ को प्रदेश २ मा राप्रपाका डम्बर तामाङ
नेकपा एमालेको साथ लिएर चुनावमा उठेका तामाङले गठबन्धन दलबाट उम्मेद्वार भएका निवर्तमान प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडालाइ १ सय ३१ मतको झिनो अन्तरले पराजित गरेका हुन् । यस पटकको निर्वाचनमा २९ हजार ६ सय ७९ मत खसेको यस प्रदेशमा तामाङले १४ हजार ४ सय ८१ मत ल्याउदा सिंखडाले १४ हजार ३ सय ५० मत मात्रै ल्याए । अहिले विजयी भएका तामाङ २०७४ को प्रदेशसभा निर्वाचनमा सिंखडासंग १ हजार ८ सय ३१ मतले पराजित भएका थिए । २०७४ मा नेकपा एमालेसंग मिलेर चुनाव जितेका जगतलाइ अहिले तामाङले पनि नेकपा एमालेसंग नै मिलेर हराएर २०७४ को बदला लिएका छन् ।