धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा कार्तिक ६ देखि ११ गते सम्म तेस्रो खुल्ला नक आउट फुटबल प्रतियोगिता र मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ ।
विगत केहि वर्ष देखि नुवाकोट र धादिङको सिमाक्षेत्रमा रहेको यस रमणिय कुपा गाउँमा हुँदै आएको यी दुई प्रतियोगिता विगतका वर्षहरुमा भन्दा झनै आकर्षक र महत्वपूर्ण बनाईने आयोजक कुपा युवा समाजले जनाएको छ ।
कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङका अनुसार गत वर्षको भन्दा यस वर्ष पुरस्कार राशि बढाईएको छ । यस वर्ष फुटबल तर्फ प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिने छ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिने छ ।
प्रतियोगितामा भाग लिन इच्छुक क्लवहरुले असोज २८ गते देखि कार्ति ३ गते सम्म टिम दर्ता गराउनु पर्ने अध्यक्ष गुरुङले बताए । यस्तै तेस्रो खुल्ला १० किलो मिटर दौडका लागि प्रथम पुरस्कार २० हजार र उप विजेता टिमका लागि १० हजार पुरस्कार दिईने र त्यसका लागि कार्तिक ६ देखि १० गते नाम दर्ता गराउनु पर्ने छ भने फुटबल समापनको दिन कार्तिक ११ गते दौड कार्यक्रम हुने छ ।
यस अघि कुपा गाउँमा भएका खेलकुद गतिविधि
- दोस्रो कुपा कप मेघाङलाई हराउँदै थर्पुले जित्यो
- कुपा कपको फाईनल आज साथमा रोटेपिङ प्रतियोगिता
- कुपा कप फाईनलको दिन दौड र रोटेपिङ प्रतियोगिता हुने
- झरीले रोकिएको कुपा कप आजबाट पुन: जारी
- कुपा कप फुटबलको आज दोस्रो दिन हुने खेलहरु
- कुपा कप फुटबल आज देखि ४० टिम सहभागि (खेल तालिका समेत)
- धादिङमा कुपा कप फुटबल र म्याराथन असोज १८ बाट हुने
- धादिङको कुपा कप भलिबल कोरोनाका कारण स्थगित
- कुपा गाउँमा माघ १६ देखि खुल्ला भलिबल प्रतियोगिता हुने
- धादिङको कुपा गाउँमा फुटबल र म्याराथुन प्रतियोगिता सम्पन्न
- कुपा गाउँमा फुटबलको फाईनल र मिनी म्याराथुन भोली
- धादिङको कुपा गाउँमा फुटबल जारी, म्याराथुन ३ गते हुने, (आर्थिक सहयोगीको नाम समेत)
- धादिङको कुपा गाउँमा फुटबल सुरु, ३६ टिम सहभागि