म्याद गुज्रेका सामान विक्रि गर्ने संकल्प किराना स्टोरलाई जरिवाना

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ९, २०७८

धादिङ जेष्ठ ९ । धादिङबेसी लगायत जिल्लाका विभिन्न स्थानमा रहेका अत्याश्यक सेवा भित्र पर्ने पसलहरु अनुगमन गर्ने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघकाे टोलीले आज गरेको बजार अनुगमनका क्रममा संकल्प किराना स्टोरलाई १० हजार जरिवाना गरिएको छ ।

उक्त किराना स्टोरलाई यसअघिको अनुगमनमा दिइएका निर्देशन पालना नगरेको र १० किसिमका म्याद गुज्रेका सामानहरु बिक्री गरेको पाइएकोले १० हजार गरिएको प्रशाशनले जनाएकोछ ।

अनुगकमन टोलीले आज नीलकण्ठ नगरपालिकाको बीचबजार, हाडीखोला, जयन्ती डाँडा, सुगमटोल र पहरेचौतारोका ११ फर्म, किराना पसलहरुमा अनुगमनको क्रममा ठूलो संख्यामा म्याद गुज्रिएका सामग्रीहरु जफत गरेको छ ।

तस्वीर सौजन्यः जिल्ला प्रशासन धादिङ