
धादिङ जेष्ठ ६ । धादिङको गल्छी गाउँपालिका ७ स्थित गल्छीमा रहेको एक पसलबाट पसलबाट १७ किसिमका अखाद्य सामग्री जफत गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा गल्छीमा रहेको आदित्य फलफूल तथा किराना स्टोरबाट १७ किसिमका अखाद्य सामग्री जफत गरेको हो ।
- धादिङबेसीमा नाम चलेका मार्टबाटै म्याद गुज्रियको सामाग्री बरामद
- धादिङमा बजार अनुगमन तिब्र
- धादिङमा बजार अनुगमन: १ पसल सिल, ४ पसललाई जरिवाना
- बुङचुङ र फुर्केखोलामा पसल अनुगमन, म्याद सकिएका सामाग्री जफत
- धादिङबेसी बजार अनुगमनमा कुन पसलबाट के सामान जफत भयो (पसलको नाम समेत)
- धादिङबेसीमा बजार अनुगमन, मुल्य नबढाउन निर्देशन
गल्छी र थाक्रे गाउँपालिकामा रहेका विभिन्न २२ पसल, फार्मेसी अनुगमन गर्दा ठूलो संख्यामा म्याद गुज्रेका सामानहरु बिक्री गरेको, अनुमति नलिई सूर्तिजन्य पदार्थ र मदिरा बिक्री गरेको, अनुमति बिना फार्मेसी सञ्चालन गरेर आम उपभोक्ताको जीवनसँग खेलवाड गरेको पाइएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।
गल्छी गाउँपालिकामा अनुगमन गरिएका पसल
१. पाथीभरा इन्टरप्राइजेज, गल्छी–७, प्रो. मोहनाथ ओझालाई १० हजार जरिवाना र ५ किसिमका सामग्री जफत ।
२. आदित्य फलफूल तथा किराना स्टोर, गल्छी–७, प्रो. मखनप्रसाद गुप्तालाई १० हजार जरिवाना र १७ किसिमका अखाद्य सामग्री जफत ।
३. श्रेष्ठ टे«डर्स, गल्छी–६, बैरेनी, प्रो. शिव श्रेष्ठलाई १० हजार जरिवाना र २ किसिमका सामग्री जफत ।
४. बैरेनी इन्टरप्राइजेज, गल्छी–६, बैरेनी, प्रो. विनोद भण्डारीबाट १३ किसिमका म्याद गुज्रिएका सामान जफत ।
५. गल्छी लस्सी एन्ड मिठाई सेन्टर, गल्छी–७, प्रो.इश्वरप्रसाद धितालबाट ६ किसिमका सामग्री जफत र उद्देश्य विपरित नगर्न निर्देशन ।
६. न्यू खतिवडा इन्टरप्राइजेज, गल्छी–७, प्रो.विष्णु खतिवडाबाट ४० पाकेट विस्कुट जफत गरी मूल्यसूची अद्यावधिक राख्न निर्देशन दिइएको ।
७. नमस्ते इन्टरप्राइजेज, गल्छी–७, प्रो.पविता कुमारीलाई मूल्यसूची राख्न, उद्देश्य विपरित कारोबार नगर्न निर्देशन ।
८. अर्याल सप्लायर्स, गल्छी–६, बैरेनी, प्रो.रामशरण अर्यालबाट ५ किसिमका म्याद गुज्रिएका सामान जफत ।
९. लक्ष्मी फेन्सी एन्ड कस्मेटिक पसल, गल्छी–७, प्रो.लक्ष्मी गोसाईलाई साइनबोर्ड र मूल्यसूची राख्न निर्देशन ।
१०. न्यू छाङ्गादेवी इन्टरप्राइजेज, गल्छी–७, प्रो.भूवन महर्जनको पसलमा मूल्यसूची अद्यावधिक राख्न निर्देशन दिइएको ।
११. माता भगवती स्टोर, गल्छी–४, मासटार प्रो. भगवती चालिसेलाई मूल्यसूची राख्न, बिल लिनदिन निर्देशन ।
१२. एन.आर. मिनि मार्ट, गल्छी–६, बैरेनी, प्रो.रञ्जनकाजी श्रेष्ठको पसलमा कैफियत नदेखिएको ।
१३. पि.एस. इन्टरप्राइजेज, गल्छी–७, प्रो.पूर्णकुमार श्रेष्ठको पसलमा कैफियत नदेखिएको ।
१४. न्यू पञ्चकन्या किराना स्टोर्स, गल्छी–७, प्रो.चन्द्रलाल महर्जनको पसलमा कैफियत नदेखिएको ।
गल्छी गाउँपालिकामा अनुगमन गरिएका फार्मेसी, औषधि पसल
१. गल्छी–४, मासटारमा रस्मिता अधिकारी सापकोटाले सञ्चालन गरेको औषधि पसल (दर्ता नभएको) पाइएकोले ७ दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको,
२. श्रद्धा प्रोटेक्ट होम, गल्छी–६, प्रो. शोभा दुवाडीले (अनुमति नलिई फार्मेसी सञ्चालन गरेको) पाइएको । ७ दिनभित्र दर्ता गर्न निर्देशन ।
३. स्मारिका फार्मेसी, गल्छी–७, प्रो.संगम श्रेष्ठले (अनुमति नलिई पोलिक्लिनिक सञ्चालन गरेको) पाइएकोले अनुमति लिन निर्देशन ।
४. राजमार्ग औषधि पसल, गल्छी–६, बैरेनी बजार, प्रो.गुलाफचन्द्र श्रेष्ठलाई सम्बन्धित निकायसँग समन्वय गरेरमात्र सञ्चालन गर्न निर्देशन ।
५. बुढीगण्डकी जनरल अस्पताल प्रा.लि. गल्छी–७, प्रो.प्रेम ब.अधिकारी सबै कागजात लिएर घरेलु कार्यालयमा सम्पर्क राख्न निर्देशन ।
थाक्रे गाउँपालिकामा अनुगमन गरिएका पसलहरु
१. घैरोङदेवी सप्लायर्स, थाक्रे–६, प्रो.देवक पुरीबाट ५ किसिमका म्याद गुज्रिएका सामान जफत । व्यवसाय नवीकरण गर्न र मूल्यसूची अद्यावधिक गर्न निर्देशन ।
२. रत्न इन्टरप्राइजेज, थाक्रे–६, महादेवबेशी, प्रो.रत्न तामाङबाट ८ किसिमका सामग्री जफत, मूल्यसूची राख्न निर्देशन ।
३. पेमा इन्टरप्राइजेज, थाक्रे–६, महादेवबेशी, प्रो.चुना आलेबाट ९ किसिमका सामग्री जफत, मूल्यसूची राख्न निर्देशन ।
फोटो स्रोतः जिल्ला प्रशासन धादिङ