धादिङमा बजार अनुगमन: १ पसल सिल, ४ पसललाई जरिवाना

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३, २०७८

धादिङ जेष्ठ ३ । धादिङका विभिन्न ठाउँमा भएको बजार अनुगमनको क्रममा त्रिपुरासुन्दरीको एक पसल सिल गरिएको छ भने ४ वटा पसललाई जरिवाना गरिएको छ ।

आईतबार सल्यानटार, आरुघाट, बेनीघाट रोराङको ज्यामिरेघाट, मलेखु क्षेत्रमा गरिएको बजार अनुगमनको क्रममा समग्रमा चारओटा फर्मलाई कार्वाही गरिएको हो ।

कार्वाही पर्नेमा पाण्डे किराना स्टोर ज्यामिरेघाट, मोहन किराना पसल ज्यामिरेघाट र त्रिपुराकिरानालाई १०–१० हजार र प्रमिला सप्लायर्स बेनिघाट रोराङलाई ५ हजार छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ स्थित त्रिपुरासुन्दरी किराना पसल १५ दिनको लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आम उपभोक्ताको गुनासो पश्चात आईतबार गरिएको बजार अनुगमन क्रममा उक्त पसलमा ठूलो परिणामा म्याद गुज्रेका सामानहरु बिक्री गरेको पाईएकोले सिल गरिएको प्रशासनले जनाएको हो ।

जफत गरिएका सामाग्री

त्रिपुरा किराना पसलबाट

  • टुबोर्ग बियर ६५० मि. लि. ३ कार्टुन, रियल वस्र्ट जुस १० पिस, भ्यासमोल मेहंदी १३ पाकेट, इम्प्रेसन स्याम्फू ९ पाकेट, निशा हेयर कलर १२ पिस, सावुदाना १ पाकेट, मिरिण्डा २५० मि.लि.१४ पिस, मिरिण्डा ६०० मि.लि. २७ पिस, कुरमुरे ३० पाकेट, चाउमिन ८ पिस

प्रमिला सप्लायर्स, बेनीघाट रोराङबाट

  • क्वीक चिप्स २७ पिस, बिस्कुट ६ पिस, ऐठे ४ पिस, काजु केक २ ओटा, कर्नफ्लेक्स

पाण्डे किराना स्टोर ज्यामिरेघाटबाट

  • तास तीन बक्स

मोहन किराना पसल, ज्यामिरेघाटबाट

  • कुरकुरे २५ पिस, मालामाल २६ पिस, तास २ बट्टा

जलश्वरी सप्लायर्स, आरुघाटबाट

  • बेसन ५०० ग्राम, २ पाकेट, बेन्जन अचार ११ बट्टा, पप ३ पाकेट

प्रकाश एण्ड ज्योति इन्टरप्राइजेज आरुघाटबाट

  • टुबोर्ग बियर ६५० मि.लि. ५ बोतल, स्लाइस/पेप्सी/स्प्राइट/मेला जुस ३–३ पिस, हेमिला बिस्कुट ३० पिस, ट्यांग ६ पिस, ३०० मि.लि. कोक जुस १५ ओटा, १८० मि.लि. कोकाकोला ६ बोतल

तस्वीर स्रोतः जिल्ला प्रशासन धादिङ