
धादिङ बैशाख २८ । यो कोरोना संकटमा पनि व्यवसायीहरुले मुल्य बढाएर सामान विक्रि गरेको भन्ने गुनासो आएपछि मंगलबार धादिङबेसीमा खाद्यान्न पसलहरुमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोली बजार अनुगमन गरेको हो ।
अनुगमन गर्न टोली आउँदै छ, भन्ने थाहा पाउने वित्तिकै अधिकांस व्यापारी सटरमा ताल्चा लगाई भागेका थिए भने, केही ईमान्दार व्यवसायीले आफ्नो पसलमा भएका सामाग्रीहरु अनुगमन टोलीलाई देखाएका थिए । अनुगमन टोलीले मुल्य सूची राख्न र तोकिएको मुल्य नबढाई सामान विक्रि वितरण गर्न निर्देशन दिएका थिए ।
लकडाउनको अवधिमा प्रसाशनले बिहान ६ देखि ९ बजे सम्म तरकारी, फलफुल र किराना स्टोरहरु, होलसेल सामाग्रीका डिलरहरु संचालन गर्न दिएपनि बिहान प्रायस सबै प्रकारका व्यवसायका पसलहरु धादिङबेसी सदरमुकाममा खुल्ला रहेको देख्न सकिन्छ ।
अनुगमनमा के-के भयो
- किराना पसल, इन्टरप्राइजेज, फेसन वेयर, सप्लायर्स गरी ७ ओटा फर्महरुको अनुगमन तथा निरीक्षण
- मूल्यसूची, साइनबोर्ड नभएका फर्महरुलाई ७ दिनभित्र बनाएर राख्न भनिएको
- उद्देश्य विपरीत तरकारी समेत बिक्री गर्ने फेसन वेयरमा बिक्रीको लागि राखिएका तरकारीजन्य उत्पादन नियन्त्रणमा लिइएको
- निषेधाज्ञाको समयमा खोलिएको एउटा कपडा पसल, एउटा सप्लायर्सलाई सचेत गराइएको
म्याद गुज्रिएका कारण जफत गरिएका सामग्रीहरुः
- सुपर फटाफट ४०० ग्रामको १७ पाकेट ९लेबल नभएको, लेज ६४ पिस, कुरकुरे १६ पिस, ड्यु ७ बोतल ९६०० मि.लि., चटपटे मसला २० पाकेट, अरेन्ज किट १९ पिस, कोलिन ५०० मि.लि. ७ बोतल, निशा हेयस मेहन्दी ८ पिस, नागिन चकलेट ७ पिस, धनिया ७०० ग्राम ९८ पाकेट, कुरकुरे १३ पिस, खुर्सानी पाउडर २५ पाकेट, पप १ पिस, काजु बिस्कुट १ पाकेट, पोट्याटो क्रेकर २९ पिस, आटा २ केजी, छोडा १ पाकेट, दालमोठ १ पाकेट, टिमुर १ पाकेट ।
उद्देश्य विपरीत फेसन वेयरमा बिक्री गर्न राखिएको तरकारी जफत
- अन्दाजीः टमाटर ३ केजी, आलु ८ केजी, करेला १ केजी, लौका २ केजी, खुर्सानी २ केजी, तरबुजा ११ गोटा, केरा ५ दर्जन जति, प्याज ८ केजी ।
तस्वीरः दोलख गुरुङ