धादिङबेसी बजार अनुगमनमा कुन पसलबाट के सामान जफत भयो (पसलको नाम समेत)

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २९, २०७८

धादिङबेसी बैशाख २९ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोली धादिङबेसीमा बजार अनुगमन गरेको छ ।

मंगलबार र बुधबार दुई दिन सम्म भएको उक्त बजार अनुगमनका क्रममा जफत भएका सामान र पसलको नाम सार्वजनिक गर्दै प्रशासनले उपभोग्य वस्तु खरिद गर्नु अघि गुणस्तर, मूल्य, अवधि (म्याद), लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमणलाई रोकथाम निषेधाज्ञा जारी गरिएको छ, यहि अवधिमा बजारमा कालो बजारी, अखाद्य बस्तु विक्रि वितरण भएको गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासनले जनाएको छ । दुई दिन सम्म गरिएको अनुगमनका क्रममा जफत भएका सामाग्री आज नष्ट गरिएको समेत प्रशासनले जनाएको छ ।

कुन पसलबाट के के जफत भए ?