१३औँ अनकन्या कप कार्तिक ६ देखि हुने, प्रथम पुरस्कार १ लाख ५० हजार

Avatar photo
Dhadingpost
अशोज ८, २०८३

धादिङ । धादिङको धारापानीमा १३औँ अनकन्या कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लगनशील युवा क्लब धारापानी–७, धादिङको आयोजनामा ‘खेलकुद विकासको लागि खेल प्रतियोगिता’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

लगनशील युवा क्लब सचिव सौरव थापाका अनुसार ज्वालामुखी गाउँपालिका–७, धारापानी खेल मैदानमा हुने प्रतियोगिता २०८३ कात्तिक ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज ३१ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोलीका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछ । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विगतका संस्करणमा पनि प्रतियोगिता प्रतिस्पर्धात्मक रहँदै आएको छ । १२औँ अनकन्या कपमा लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । त्यसअघि भएको ११औँ अनकन्या कपमा टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले मैदी युनाइटेड, मैदीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

२०६३ सालमा स्थापना भएको लगनशील युवा क्लबले खेलकुदको माध्यमबाट स्थानीयस्तरमा खेलाडी उत्पादन तथा खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ९७४५६०१४८६, ९८४९३८७८७० वा ९८६०८००३३६ मा सम्पर्क गरी टिम दर्ता तथा प्रतियोगितासम्बन्धी थप जानकारी लिन सक्नेछन् ।