
धादिङ । लगनशिल युवा क्लबको आयोजनामा ज्वालामुखी -७ स्थित धारापानी खेल मैदानमा असोज २८ गते देखि जारी ११ औं अनकन्य कप २०८१ फुटबल प्रतियोगिता टार गाउँ युवा क्लब मुरलीभञ्ज्याङ्ले जित्न सफल भएकाे छ ।
जितका लागि मैदी यूनाईटेड मैदीलाई गाेल रहित राख्दै टार गाउँले १ गाेल गरेकाे थियाे । जित सँगै टार गाउँले १ लाख ६० हजार जित्न सफल भएकाे छ भने उपविजेतामा राेकिएकाे मैदी यूनाईटेडले ७५ हजार हात पारेकाे छ । उदयमान खेलाडीमा दर्पण थापा मगर, उत्कृष्ट गोलरक्षकमा कुमार गुरुङ, डिफेन्डरमा सुवास खड्का, उत्कृष्ट खेलाडीमा अनुज थिङ र हाई स्कोर बिक्कि चाम्लिङ नगद सिहत पुरस्कृत बने ।
विजयी दशमीकाे अवसरमा लगनिशलले उक्त खेल मैदानमा आजै बासको लिङ्गोबाट भाले झिक्ने खेलमा गराएकाे थियाे यश प्रतियाेगितामा १२ जना सहभागी भएपनि कसैले भाले झिक्न नसक्दा काेहि पुरस्कृत भएनन् ।
ज्वालमुखी गाउँ पालिकाका प्रमुख यमनाथ दनैकाे प्रमुख आतिथ्यतामा भएकाे पुरस्कार वितरण कार्यमा कलाकारहरुकाे बेजाेड सास्कृतिक पस्तुती रहेकाे थियाे ।
तस्वीर साैजन्य: देवि सिटाैला