रुबीभ्यालीको आकर्षण (फोटो फिचर)

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १८, २०७७

धादिङ कार्तिक १८ । धादिङको रुबभ्यिाली गाउँपालिका काठमाडौंबाट सबै भन्दा नजिक पर्ने पर्यटकिय गन्तव्य हो । न जाडो, न त गर्मी हुने भएकाले यो समय धादिङको रुबीभ्याली घुम्नजानेहरुको चाप बढी रहन्छ । यहि समयमा ट्राभल र ट्रेकिङ एजेन्सीहरुले रुभीभ्यालीका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने गर्छन् ।

प्रकृतिको अनुपम उपहार हो रुबीभ्याली । यो मौसममा हरियालीले ढाकिने पुस महिनापछि भने सेताम्य हिउँले ढाकिन्छ । बैशाखदेखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु प्रकृतिको विशाल गलैंचा जस्तो बन्छ ।

रुबीभ्याली क्षेत्रको प्रमुख विशेषता भनेको गणेश हिमाल, लाङटाङ हिमाल, मनास्लु हिमाल, पाल्दोर पिक लगायत अन्य थुप्रै हिमश्रृङखला काखैमा जस्तो लाग्ने दृष्य र विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् ।

फूल फुलेका फाँटको किनारमा रुखहरुसहितको सुन्दर बगैंचा हेर्दा प्रकृतिको अनुपम चित्रकारिता देखिन्छ । त्यस्तै प्राकृतिक वरदान तातोपानी कुण्डको स्नान पनि गर्न सकिन्छ ।

रुबिभ्यालीको पाङसाङ, सिङला, गणेश कुण्ड, सेतो दह, कालो दह, तातोपानी कुण्ड लगायत अन्य थुप्रै धार्मिक विशेषता बोकेका स्थलहरु रहेका छन् । छिमेकी राष्ट्र चीनको तिब्बत सँग जोडिएको रुबिभ्यालीलाई धादिङ, रसुवा, नुवाकोट र गोरखा जिल्लाले घेरेको छ ।

तस्बीरः ताजा बहस