सेर्तुङको तातोपानी जहाँ दश मिनेटमा अण्डा पाक्छ

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ११, २०७४

धादिङ चैत्र ११ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत तिप्लिङमा रहेको दश मिनेटमा अण्डा पाक्ने तातोपानी छ भन्ने कुरा कतिपय धादिङबासीलाई पनि थाहा छैन ।

प्राकृतिक सुन्दरताले भरिएको धादिङ उत्तर हिमालय देखि दक्षिण महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्ला हो । पर्यटकिय सम्भावना बोकेको उत्तरी धादिङलाई रुबीभ्याली गाउँपालिका बने पछि पनि गाउँपालिकाले महत्वपूर्ण योजना ल्याउन सकेको देखिँदैन ।

पर्यटकीय सम्भावना बोकेको उत्तरी धादिङको विभिन्न ठाउँ मध्य तिप्लिङको लिञ्जोमा आँखुखोला किनारमा रहेको तातोपानी र सेर्तुङमा रहेको नेपालकै ठुलो तातोपानी कुण्ड महत्वपूर्ण मानिन्छ ।

रुबीभ्याली सेर्तुङ्मा रहेको तातोपानी म्याग्दी, रसुवा र खासाको तातो पानी भन्दा सफा र तातो रहेको छ । करिब १० मिनेट अण्डा उक्त तातोपानीमा डुबाउँदा पाक्ने गरेको स्थानीयहरु बताउँछन् ।

उक्त स्थलमा गुरुङ तामाङ र स्थानीहरुले पुजाआजा गर्ने गर्छछन् भने उक्त पानीले नुहायका छाला सम्बन्धी रोगहरु, घँडा, बाथ रोगहरु निको हुने स्थानीहरुको जनविश्वस छ ।

यस्ता ठाउँहरु प्रवद्र्धनको लागि गाउँपालिकाले कुनै योजनाहरु बनाएको प्रचारमा ल्याएको देखिँदैन ।

यस्ता छन् पर्यटनको गन्तव्य वन्न सक्ने स्थानहरु

कालो दह/सेतो दह
सेर्तुङ गाविसको हिन्दुङ गाउ‘बाट एक दिनको पैदल यात्रा पश्चात पुग्ने र गणेश हिमालको ठिक तलतिर रहेको कालो र सेतो नामक दुई दहहरु रहेका छन् । यी दुई दहहरु नामअनुसारकै रंगका देखिन्छन् ।

यी दुई दह वरिपरी ज्यादै ठूलो चरन छ । यहि चरनको केन्द्र बिन्दुमा यी दुई दहहरु छन् । कालो दहको माथिबाट कुनै चराचुरुङ्गी या यान्त्रिक उडानहरु उडेमा सिधै उक्त दहमा खस्छन् भन्ने मान्यता पाइन्छ । साथै यी दुई दहहरुलाई सफासुग्घर गर्ने एउटा फिस्टे नामक चरा पनि छ भन्ने कुरा गाउ‘लेहरु बताउ‘दछन् ।

त्यो फिस्टे चराले कुनै पनि पातपंतिगरका फोहोर चीजहरु खस्न लाग्दा टिपेर बाहिर फाल्दछ भन्ने कुरा प्रत्यक्षदर्शी गाउ‘लेहरु बताउ‘दछन् । अहिलेसम्म कुनचाहि‘ देवीदेवता छन् भन्ने कुरा गाउ‘लेहरु ठम्याउन सकेका छैनन् । यस दह वरिपरि पर्यटकहरुको घु‘इचो लाग्ने गर्दछ । सेर्तुङ लगायत तिप्लिङ, लापा र झार्लाङ गाविसका जनताहरु विभिन्न समयमा गाईवस्तु लिएर त्यहि दह वरिपरि महिनौ गोठ बनाई विताउ‘दछन् ।

तातोपानी
सेर्तुङ गाविस स्थित हिन्दुङ गाउ‘को पुछारमा तथा माथिल्लो ऑखुको तिरमा अवस्थित धार्मिक एवं पर्यटकिय स्थल तातोपानी निकै नै प्रसिद्ध छ । यस स्थलको वरिपरी हरियो वनले ढाकेको विशाल पहाडहरु रहेको छ । गणेश हिमालको फेदबाट प्रस्फुटित सङलो र चिसो पानी आखुनदिको रुपमा तातोपानीको छेउबाट कलकल वगिरहेको छ ।

विशाल चट्टानको फेदबाट निस्किएको तातोपानीमा एक चौर पनि रहेको छ । विशेष गरि यस ठाउमा औंशी र पूर्णिमाको दिनहरुमा पुजा हुने गर्दछ । माघे सङक्रान्तिको दिन यहॉ झाक्रीद्धारा पुजा गरे पश्चात तातोपानीको तापक्रममा वृद्धि हुने गर्दछ । पुजा पाठ गर्ने वेलामा सो स्थानमा स्नान गर्नाले विभिन्न प्रकारका रोगहरु निको हुने गर्दछ । स्थानिय विद्यार्थीहरुले यस स्थललाई रमाइलो पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्ने गर्दछन् । तातोपानी यस गाविसको आन्तरिक तथा वाह्या पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ । वर्षेनी यहॉ पर्यटकहरुको घु‘इचो बढ्ने गरेको पाइन्छ ।

सेदाचेत
तिब्बतका राजा स्रङचङ गम्पोका घोडा–सवार सेनाहरु थिए । राजा गम्पोले घोडाचढी सेनाहरुको सहयोगबाट निकै ठूूलो भू–भागलाई आफ्नो नियन्त्रणमा लिंदै थिए । ती घोडसवार डफ्फाहरु तिव्वतको माम् भन्ने ठाउ‘सम्म फैलिएका थिए । ती डफ्फाहरु माम् भन्ने ठाउ‘बाट धेरै समयपश्चात दर्धो लामा नामक लडाकुको नेतृत्वमा गत्लाङ्ग, गोल्चोङ्ग, माङ्गच्यात, सिङ्गला, मजेम्वो हुदै पाङ्गसाङ्ग भञ्ज्याङ्गबाट दर्धो लामाले वर्तमानको सेर्तुङ गाउ‘मा सुनको खम्वा देखेको थिए । सेर्तुङ्ग गाउ‘लाई माम्बाट आएका माम्बाहरुले आफ्नो अधीनमा ल्याउनु अगावै नागराज (ङ्गयान्वु)लाई हटाउ‘दा पाङ्गसाङ्ग भञ्ज्याङ्गमा अवररोधको रुपमा रहेको ढुंगालाई कॉक्रा चिरे जस्तै दुई टुक्रामा विभाजित गरेर आफ्नो विजय अभियान गरका थिए । एवं प्रकारले नागराज र दर्धो लामा बीचको घमासान लडाईमा दर्धोलामाको विजय भयो ।

दर्धो लामाको विजय पश्चात त्यस ठाउ‘मा एक प्रकारको महामारी फैलियो जसबाट धेरै जनाको अकालमै मृत्यु भयो । त्यो महामारी हुनुमा नागराजको सराप सम्झि त्यसबेलादेखि नागराज बस्ने ठाउ‘मा प्रत्यक बर्ष जेठ–पूर्णिमामा माम्बा थरका तामाङ्गहरुले कालो बोका बलि दिई पुजापाठ गर्दछन् । त्यस ठाउ‘लाई पछि सेजच्यात भनी नामाकरण गरियो ।

सेजच्यातको दक्षिणी भाग उकालो जहॉ सात वटा रुखहरु छन् त्यसलाई स्थानिय तामाङ्ग भाषामा पानादोङ्गवो भन्दछन् । पूर्वपट्टि लेकबाट बगेको कञ्चन र निर्मल खोला छ । पश्चिम पट्टिभागमा जलजले माटो छ, जुन ठाउ‘मा कुनै पनि जीवजन्तु परेमा डुब्दछ भन्ने गाउ‘लेहरु बताउ‘छन् । त्यसको वरिपरि समथर मैदानी दुवो उम्रेको रमणीय ठाउ‘ छ । त्यस ठाउ‘मा दुईवटा माने छ । यस स्थलमा भैसीलाई पस्न दिदैन, भैसी पसेमा ठुलो हुरी बतास आएर ठुले धनजनको नास हुने स्थानिय बासीहरु बताउ‘छन् ।

घले राजाको दरबार
फ्यान्चेत गुम्बा (ङवाङ नमग्याल), खटेल गुम्बा
प्यान्तिस्या (शिव) मन्दिर

पृथ्वी नारायण शाहले तत्कालिन २२सी२४ राज्यलाई विस्तार गर्ने अभियानका क्रममा सेर्तुङ्ग गाविस रहेको घले राजालाई हराएपछि यो मन्दिरको निर्माण गरिएको हो । एक राज्य, एक धर्म, एक भाषा, एक संस्कृतिको निरङ्कुश निति अनुरुप स्थानिय तामाङ्ग र घले जातिहरुलाई जवर्जस्त रुपमा हिन्दु धर्म मान्न बाद्य बनाउने उद्धेश्यकासाथ यो मन्दिरको निर्माण गरिएको हो । त्यस पश्चात सम्पूर्ण तामाङ्गहरु हिन्दु धर्मको परम्परालाई निरन्तरता दिदै आएको छ ।

यो मन्दिरको सम्पूर्ण भाग कलात्मक बुट्टदारढुङ्गबाट निर्माण भएको छ । प्यागोडा शैलीमा निर्माण भएको सो मन्दिरको ठिक अगाढि सिङ्गो ठूलो ढुङ्गाको साढे रहेको छ । मन्दिरको भित्री भागमा ढुङ्गाबाट नै निर्मित शिव लिङ्ग रहेको छ । गणेश हिमाल र प्याल्दोर हिमालबाट प्रस्फुटित दुई माथिल्लो आखुको दोभानको समतल भू–भागमा अवस्थित यस मन्दिरलाई चारैतिरबाट पहाडले घेरेको छ । वर्षेनी माघे सङक्रान्तिको दिन यहॉ ठूलो मेला लाग्ने गर्दछ । तिप्लिङ्ग, लापा र सेर्तुङ्ग गाविसबाट झाक्रीहरुको उपस्थितिमा त्यस दिन रातभरि नाचगान गरी यहॉ रमाइलो गर्ने गरिन्छ । रातभर झाक्रीले पूजा गरिसकेपछि विहान झाक्रीबाट आसिस लिने गरिन्छ ।

३ कन्या देवी देवीथान
सेर्तुङ गाविसको वडा नं–४ चालिस गाउ‘को सिरानमा पर्ने ३ कन्या देवि थान धेरै वर्ष अगाडी देखि नै एक ऐतिहासिक धार्मिक स्थलको रुपमा चर्चित रहेकोे छ । स्थानिय बायोबृद्धहरुको भनाई अनुसार वि.स. १९४० साल तिर रङगु गुरुङ नाम गरेको एक जना गरुङले आफ्नो स्वास्थ्य ठिक नहुदा हाल ३ कन्या देविथान भित्र रहेको ढुङगामा तरवार गाडेर पूजा गर्दा आफ्नो स्वास्थ्य ठिक भएको भएको कुरा बताएका छन् । सो ढुङगा हाल पनि सो स्थानमा प्रत्यक्ष देख्न सकिन्छ ।

यस देवि थानमा वर्षेनी भवानी पुजा, चण्डी पुजा, तिज, दशै, एकादशी, चैते दशै लगायतका धेरै पर्वमा पुजा पाठ गर्ने चलन छ । यस कन्या देविमा पुजा गर्नाले आफुले चिताएको इच्छा पुरा हुने, निःसन्तानलाई सन्तानलाई सन्तान हुने, गाउ‘ बस्तीको रक्षा गर्ने, परदेश लाग्दा दर्शन लिएर जॉदा यात्रा सफल हुने जस्ता कुरामा विश्वास लिने गरिन्छ । सार्थ खडेरी जॉदा ३ जना कन्या केटालाई सिगार पटार गरि प्रत्येक घरमा गई हाराहारा महादेव पानी देउ यतिले पुगेन थपिदेउ भन्दा पानी पर्ने र ठूलो हुरिबतास असिना पानी परि धनजनको क्षति पर्याएमा पुजापाठ गर्दा मौसम ठिक हुने आदि विश्वास गर्ने गरिन्छ ।

एकादशी खाना नखाई धुपबत्ती बाली वर्तबस्ने चलन पनि रहेको छ सो दिन तामाङ झाक्रीहरु आई रातभरि नाच्ने चलन छ । पहिला पहिला बेशी तीरबाट पनि दमाई बाजागाजाका पुजा पाठ गर्न आउने कुरा पनि गाउ‘लेहरु बताउछन् ।

डुब्चु दह
सेर्तुङ गाविसको डुव्चु दह पनि धार्मिक दृष्टिबाट महत्वपूर्ण स्थल मानिन्छ । यस दहमा माघ महिनामा जात्रा हुन्छ । यो जात्रामा बोम्बो अर्थात झॉक्रीहरु रातभरि ढ्याङ्गग्रो बजाउ‘दै नॉचगान गर्ने गर्छन् । अर्कोतिर अधिकांस युवा–युवतीदेखि बुढापाकाहरु समेत बुद्ध भगवानप्रति अटल आस्था राख्दै माने र दोरा नाच्ने गर्दछन् ।

यो डुव्चु दह अचम्म स्थानमा रहेको छ । डुव्चुको माथि घना जङ्गल अनि तल डरलाग्दा बुट्टेदार चट्टानहरु रहेको भीर, पहराहरु छन् भने बीचमा समतल भाग रहेको छ । डुब्चु दहमा केहि सुख्खा कुवाहरु छन् । बोम्बोहरुले रातभरि नाच्दै ढ्याङग्रो बजाएर भाकाल गरेपछि भोलिपल्ट आफसेआफ ती कुवाहरुमा टम्म पानी भरिएको हुन्छ । तीर्थयात्रीहरुले दिउ‘सो नुहाइसकेपछि ती कुवाहरु पुनः सुक्छन् । दुई दिनसम्म लाग्ने यस जात्रामा तिप्तिङ्ग, झार्लाङ र लापा गाविसका मानिसहरुको घुइचो लाग्ने गर्दछ ।

च्याम्रा, ब्राकर
सेर्तुुङ गाविसको वार्ड नं–८ स्थित विशाल चट्टानको माथिल्लो डाडामा च्याम्रामाई देवि माईको माने रहेको छ । टाढाबाट हेर्दा निलो आकाशमा आकाश गंगा जस्तो देखिने यो ठाउ‘मा पूजा गर्ने बेलामा महिलाहरुलाई जान निषेध छ । यस स्थलको माथिल्लो टुप्पोदेखि तल्लो फेदसम्म एउटा सानो क्षेत्रफलमा बाटो छ जहॉ कुनै पनि जंगली झारपात, घॉसपात र बोटबिरुवाहरु उम्रिएको छैन । च्याम्रादेविमाई त्यहि सानो बाटो भएर पानीको लागि आवत–जावत गर्ने हो भन्ने किंवदन्ती छ ।

यो स्थानमा जेठ महिनामा विशेष आराधाना पूजा हुने गर्दछ । पूजा पाठ गर्ने बेलामा पूजारी सेतो भेषमा जानुपर्ने चलन रहेको छ । पूजाको समयमा कुखुराको वलि दिई अण्डा चढाउने प्रचलन छ । त्यो खाली बाटोमा भैंसी लिएर जानु हुदैन भन्ने कहावत छ । यदि भैंसी गएमा ऑधी बेहरी, हुरी बतास चली धनजनको क्षति हुने कुरामा विश्वास राख्दछन् । खासगरी डिम्दुङ थरका तामाङ्गहरु च्याम्रादवि माईमा पूजापाठ गर्दछन् ।