धादिङको चालिस गाउँ नयाँ पर्यटकिय गन्तव्य घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १०, २०७६

धादिङ असोज १० । विश्व पर्यटन दिवसको अवसरमा उत्तरी धादिङ स्थित रुवीभ्याली गाउँपालिका स्थित चालिस गाउँलाई नयाँ गन्तब्य घोषणा गरिएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले सरकारलाई गरेको सिफारिसका आधारमा धादिङको चालिस गाउँ सहित बागलुङको काठेखोला गाउँपालिका स्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङलाई नयाँ गन्तव्यका रुपमा घोषणा गरिएको हो ।

उत्तरी धादिङ पूर्णत सबै क्षेत्र पर्यटकिय गन्तव्य हुन् सरकारले अहिले पर्यटन दिवसको अवसरमा गाणेश हिमाल पर्यटन विकास समिति र भिटोफ नेपालको सिफारिमा चालिस गाउँ नयाँ गन्तव्यका रुपमा घोषणा गरेको गणेश हिमाल पर्यटन विकास समिति अध्यक्षे तेज गुरुङले बताए ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रुवीभ्यालीको संक्षिप्त परिचय

विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाको नाम रुवीभ्याली गाउँपालिका नामकरण गरिएको हो ।

भू-आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य, हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ । (धादिङपोष्टको लागि चालिस गाउँको फोटो सौजन्य तेजबहादुर गुरुङ)