रुबीभ्यालीको कथा संसार भर पुर्याउँदै, मानछिरिङ

Avatar photo
Dhadingpost
आइतवार, भदौ २८, २०७७

धादिङ भाद्र २८ । गणेश हिमाल पर्यटन विकास समितिको संस्थापन केन्द्रिय सदस्य, पत्रकारिता क्षेत्रमा कृयाशिल न्युयोर्क निवासी धादिङका मानछिरिङ तामाङ रुबीभ्यालीको कथालाई संसार भर पु्याउँदै हुनुहुन्छ ।

धादिङको रुबीभ्यालीको कथा रहेको नेपाली डकुमेन्ट्री सिनेमा ‘अ डे इन दि लाइफ अफ हिमालयन सेफर्ड’ विश्वभर पुर्याउने अभियानमा मानछिरिङ तामाङ लाग्नु भएको हो ।

उहाँको निर्देशनमा बनेको धादिङको पर्टकिय क्षेत्रको कथा समेटिएको यो डकुमेन्ट्री शिकागोमा हालै सम्पन्न आलदारी अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा समेत पहिलो पुरस्कार जित्न सफल भएको छ ।