धादिङको सम्पती रुबीभ्याली

Avatar photo
Dhadingpost
शनिबार, साउन १९, २०७५

सुक तामाङ
धादिङ साउन १९ । धादिङ जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य मध्य रुबीभ्याली एक हो ।

गणेश हिमालको काखमा रहेको रुबीभ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य स्थल को रुपमा उभिएको धादिङको सम्पती हो ।

हिमालको काख मा रहेकोले मात्र रुबीभ्याली पर्यटकिय गन्तव्य बनेको होइन । आन्तरिक तथा वाह् पर्यटकका लागि अकर्षण किन रुबीभ्याली बन्यो त ? उत्तर खोज्न धादिङबासीका लागि कठिन छैन ।

प्राकृतिक सौन्दर्यले भरिपूणा रुबीभ्याली क्षेत्रमा धार्मिक कुण्ड, दुर्लभ जीव जन्तु र जडीबुडी पाउनुका साथै विभिन्न बहुमुल्य पत्थर जस्तै (क्रिस्टल, रुबी ,निलम) लगायतको अवलोकन गर्न सकिन्छ ।

स्थानिय होटलहरु स्थानिय कला संस्कृति र भौगोलिक बनौटले पनि रुबीभ्याली राजवधानी काठमाडौ देखि नजिकको दुरीमा पर्यटक भित्र्याउन सकिने स्थाल हो ।