धादिङ र रसुवाको सिमानामा रहेको ७० अर्व आम्दानी हुने, मेटल कम्पनी १५ वर्ष देखि बन्द

Avatar photo
Dhadingpost
बुधबार, भदौ १०, २०७७

साबित्री अधिकारी

धादिङ भाद्र १० । धादिङको रुबीभ्याली र रसुवाको  आमाछोदिङ्मो सिमानामा पर्ने सरकारी स्वामित्वको नेपाल मेटल कम्पनी १५ वर्ष देखि बन्द अवस्थामा छ ।

गणेश हिमालको काखमा रहेको यस सरकारी स्वामित्वको जस्ता खानी संचालनको लागि सरकारले पूर्वाधार निमार्णमा मात्र १८ करोड लगानी गरेको तथ्याङमा देखिन्छ ।

नेपालको लागि ४० वर्षलाई पुग्ने जस्ता र आम्दानीको हिसावमा ७० अर्वको कच्चा सामाग्री रहेको यस खानी संचालनको लागि पूर्वाधारमा १८ करोड लगानी गरेपछि किन बन्द भयो ? धादिङको लागि मात्र हैन नेपालको आर्थिक पाटो सँग जोडिएको यस खानी संचालनको लागि पछिल्लो समय जिल्लाका जनप्रतिनीधिहरु या दलका नेताहरुले बहसको विषय बनाउन सकेका छैनन ।

निजी र सरकारी लगानीमा सूचारु गर्न प्रारम्भिक चरणमै खानी बन्द भएपछि तात्कालिन प्रधानमन्त्रि माधव कुमार नेपाल सरकारको क्याविनेटले निर्णय गर्दै उक्त कम्पनीको अध्यक्षमा धादिङका नेत्र पौडेललाई चयन गर्यो ।

हाल नेकपा धादिङका अध्यक्ष समेत रहनुभएका पौडेलले ०७१ सालमा उक्त खानी १३ प्रतिशद लगानी भएको चिनियाँ कम्पनी र नेपाल सरकारले संचालन गर्न सकिने रिपार्ट सरकारलाई बुझाउनु भएको थियो ।

उक्त खानीबाट निस्कने कच्चा सामाग्री मात्र बेच्दा पनि सरकारले ७० अर्व आम्दानी गर्न सक्ने पौड्यालले धादिङपोष्टलाई बताउनु भयो । मैले २ वर्ष अध्यक्ष रहेर विस्तृत अध्ययन गरे खानी संचालन गर्न सकिने रिपोर्ट समेत सरकारलाई बुझाएको हुँ त्यहि बेला, उक्त क्षेत्रमा जस्ता र सिसा मात्र हैन सुन पनि रहेको विस्तृत अध्ययनले देखाएको पौडेल बताउनुहुन्छ ।

खानी संचालन गर्नुपर्छ, उक्त क्षेत्रमा पर्यटनको हवलाई सुरक्षित नै राखेर पनि खानी संचालन गर्न सकिन्छ । सरकारको ध्यानाकर्षण फेरि गराउने सोचमा रहेको पौडेल बताउनु हुन्छ ।

यता पर्यटन व्यवसायी तथा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला भन्नुहुन्छ । त्यो खानी बन्दै हुनुपर्ने थियो, हाम्रो माग बन्द गर्नुपर्छ भन्ने नै हो । खानी संचालन हुँदा पर्यटन हव गुम्छ ।

त्यहाँको स्थानीयको चाहाना पनि बन्द नै गर्नुपर्छ भन्नेछ । पाल्दोर वेसक्याम्प जाने बाटो नै यस कम्पनीले विनास बनाएको छ । त्यहा जस्ता खानीको नाममा ठुलो मात्रामा क्रिस्ट्रल र रुबी तस्करी भएको छ । पाल्दोर भ्याली ध्वस्त पार्ने यस कम्पनी बन्द हुँदा केहि घाटा नभएको धमला बताउनु हुन्छ ।

यो खानीमा पाँच सय कर्मचारी तथा मजदुरहरूले लगातार करिब २५ वर्ष काम गरेका थिए । लगानी अभावमा खानी बन्द गर्नुपर्ने कारण जनाउँदै २०६२ सालमा करिब ३ सय कर्मचारीलाई तलब, उपदान र सुविधा दिएर अवकाश दिइ सँगै खानी बन्द छ तर अहिले पनि सरकारले रेखदेखका लागि १० जना कर्मचारी राखेको कम्पनीका पुर्व अध्यक्ष पौडेल बताउनु हुन्छ ।

रसुवाको त्रिशूली किनार ग्राङ्ग हुँदै गणेश हिमालबाट बगेको पानी परीक्षण गर्दै वि.सं २०२५ सालतिर मैलुङ्गखोला पसेका भारतीय विरला कम्पनीका चक्रवर्ती थरका इन्जिनियरले यो स्थानमा जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चापदार्थ र सीसा खानी भएको पत्ता लगाएका थिए । तस्वीरः केशव अधिकारी