बेनीघाट रोराङको पूर्ण खोप सुनिश्चतता सभा

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १६, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पूर्ण खोप गाउँपालिका सुनिश्चतता प्रमाणिकरण सभा सवडा नं. ६ स्थित पञ्चकन्या माध्यामिक विद्यालय परिषरमा सम्पन्न गरेको छ ।

सबै वालवालिकाहरुमा समतामूलक रुपमा पहुँच विस्तार गर्ने ध्येयका साथ मासिक ३६ वटा खोप केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको बेनीघाट रोराङले जिल्ला खोप समन्वय समितिबाट प्रमाणिकरण भईसके पश्चात आज सभा गरेको हो ।

सभामा पालिका प्रमुख कृष्णबहादुर थपलियाले खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्यमा पुर्याउने दुरदृष्टी, खोपवाट बचाउन सकिने रोगहरुका कारणले हुने विरामीदर, अपांगतादर र मृत्युदर घटाउने लक्ष्यका साथ दीगो विकासलाई पूर्ण बनाउन खोप कार्यक्रमलाई उच्च महत्व दिएको बताएका थिए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले फाल्गुन महिना (खोज) अभियान अन्तर्गत घरधुरी सर्वेक्षण, चैत्र महिना (खोप) अभियान अन्तर्गत विभिन्न कारणले खोप छुट भएका बालबालिकाहरुलाई खोप लगाई बैशाख महिना खोप महिना रुपमा मनाउने क्रममा वडा नं। १ देखि वडा नं। १० सम्म कोहि पनि बालबालिका राष्ट्रिय खोप तालिकानुसार छूट नभएको दावी गर्दै यस अभियनमा सहयोग गर्ने सबैलाई धन्यावाद व्यक्त गरेकी थिइन् ।

“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोपयुक्त बेनीघाट रोराङको सुनिश्चितता, हाम्रो प्रतिवद्दता” भन्ने नारा सहित आयोगित उक्त सभामा स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा, पालिकाका सबै सवै वडा अध्यक्षहरु, राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।