नेपाल र वेस्ट इन्डिजको आजको खेल १२:१५ बाट सुरुहुने

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १५, २०८१

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेल आज शुक्रबार १२ः१५ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ ।