धादिङको पुग्नै पर्ने पर्यटकीय स्थल सिङला (फोटो फिचर)

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २७, २०७७

योगेन्द्र तामाङ
धादिङ असोज २७ ।
नेपाल एउटा हिमाल, पहाड र तराई गरि तीन भु–भागमा भौगोलिक विभाजन रहेको देश हो । विभिन्न धार्मिक, संस्कृतिक र पर्यटकीय क्षेत्रमा उल्लेख्य संभावना बोकेको ठाउँ मध्ये धादिङ जिल्लाको हिमाली भेग रुबिभ्याली गाउँपालिका, खनियावास र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको साँधमा अवस्थित धार्मिक पवित्र स्थल एवं पर्यटकीय स्थल हो सिङला ।

यस सिङला मानेमा भदौ पुर्णिमाको अवसरमा भक्तजनहरुको विशेष उपस्थिति हुने गर्दछ । पर्यटकीय हिसाबले हेर्दा यहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनास्लु हिमाल काखैमा भएको महसुस हुने गर्दछ ।

नेपालमा स्वीजरल्याण्ड जस्तै देखिने स्थानको खोजि गर्ने हो भने सिङला एक हो । प्राकृतिक सुन्दताले भरिएको यस सिङलाले विदेश पर्यटकको ध्यान त खिच्च नै हामी आम नेपालीको लागि पनि यो पुग्दै पर्ने ठाउँ रहेको छ ।

बौद्ध धर्मगुरु पद्यम सम्भबले वास गरेको स्थल र शक्तिको रूपमा रहेको यस सिङलामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने धार्मिक दृष्किोणले जन विश्वास छ ।

भदौ पुर्णिमाको दिन सिङलाम ाविशेष गरी विभिन्न ठाउँबाट लामा र झाँक्रीहरु भेला भई पुजापाठ गर्ने गरिन्छ । विशेष गरी रुबिभ्याली, खनियावास र रसुवा लगायत विभिन्न ठाउँबाट हजारौ तिर्थयात्री भक्तजनहरुको उपस्थित हुने गर्दछ ।

रुबिभ्यालीका बरिष्ठ झाँक्री बुद्धि छिरिङ तामाङ (ओत्तो बोन्बो) का अनुसार ‘परापूर्वकाल देखि नै यस सिङला धार्मिक स्थलको रुपमा मनाउँदै आएको हो । सिङलालाई हामी झाँक्री तथा लामाहरुले पुजा पाठ गर्छौ किन भने धेरै पहिलेको कुरा मैले पनि सुनेको, झार्लाङ (हाल खनियावास गाउँपालिका) का एक जना मेमे (बाजे) ल्हासाङ बोन (झाँक्री) ले पहिलो पटक माने निर्माण गरेको बुझिन्छ ।

उनले किन सिङलामा माने बनाए भन्दा एक दिन एउटा बुढी आमालाई खोलाले बगाई रहेको उनले देखे त्यस बखत उनले सबै देवी देवताको नाम लिंदा केही भएन तर सिङलाको नाम लिदा उक्त बुढी आमालाई खोलाले आफै पाखामा पु¥याएर ज्यान बचार्इ दिएको भन्ने किम्बदन्ती रहेको छ । त्यसपछि यस सिङला माने (मन्दिर) को निर्माण गरि दैविकशक्ति रहेकाभनि हरेक वर्ष भदौ पुर्णिमाको दिनविशेष पुजापाठ गर्ने गरिन्छ ।

यस्तै यसै दिन नया झाँक्रीहरुलाई वाङ पनि दिने गरिन्छ । त्यसपछि चेलिबेटीहरुले विभिन्न कोसेलीहरु लिएर नयाँ झाँक्रीहरुलाई विशेष परम्परा अनुसार झाँक्रीको दर्जा दिने गर्दछन् ।’