सेर्तुङमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर हुँदै

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०८१

धादिङ । धादिङको रुवी भ्याली आधारभुत अस्पताल, सेर्तुङमा बिशेषज्ञ सेवा सहित दुई दिने नि:शुल्क स्वास्थ्य शिविर बैशाख २१ र २२ गते हुने भएको छ ।

गाउँपालिकाले गर्न लागेको उक्त निशुल्क शिविरमा स्त्री रोग, बाल रोग, हाड जोर्नी, मुटु रोग, दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिने बताईएको छ भने, जनरल सेवा लगाएत ई सि जी, भिडियो एक्सारे र ल्याब परिक्षण सेवा समेत दिईने बताईएको छ ।