अपाङ्गता महिलालाई बलात्कार गरेकाे आराेपमा रुबीभ्यालीका निक्क तामाङ पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १०, २०८१

धादिङ । रुबीभ्याली गाउँपालिका- ४ का ३५ वर्षीय निक्क तामाङलाई ३६ वर्षीया पूर्ण अपांगता महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ ।

काेहि नभएकाे बेला ०८१ बैशाख ४ गते बलात्कार गरेकाे र गाउँलेले देखेकाे अाराेप सहित पिडित पक्षले उजुरी गरेपछि फरार रहेका भनिएका नीज तामाङलाई प्रहरीले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर अभय लामाले बताए ।
पीडितको धादिङ अस्पतालमा बैशाख ६ गते स्वास्थ्य परिक्षण गरिएको छ भने अाराेपितलाई जिल्ला अदालतकाे अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएकाे छ ।