रुबीभ्यालीको राष्ट्रपति रनिङ शिल्डको समापनमा खेलकुद सदस्य सचिव भण्डारी जाने

Avatar photo
Dhadingpost
आइतवार, पुस १५, २०८०

धादिङ । अति विकट क्षेत्रमा सूचीकृत धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सेर्तुङ स्थित सेर्तुङको च्याम्रादेवी माविमा जारी छ ।

सोमबार सम्म चल्ने उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा बागमती प्रदेश सरकारका खेलकुद सदस्य सचिव सुर्यलाल भण्डारी जाने भएका छन् । प्रदेश खेलकुद सदस्य सचिव आउने भए सँगै गाउँपालिकाले समापन कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका प्रतापसिंह तामाङ र सदस्य सचिव भण्डारी भोली हुने उक्त प्रतियोगिता समापन समारोहका लागि आजै सेर्तुङ पुग्ने कार्यक्रम रहेको बताईएको छ । ४ वटा माध्यामिक विद्यालय रहेको यस गाउँपालिकाको यस प्रतियोगितामा तीनवटा विद्यालयले भाग लिएका छन् ।