धादिङ । विकट क्षेत्रको सूचीमा रहेको धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लापा माविले जितेको छ । लापा माविले १४ गोल्ड मेडल ल्याउँदै रनिङ शिल्ड जितेको हो ।
४ वटा माध्यामिक विद्यालय मध्य तीन विद्यालयले भागलिएको यस प्रतियोगितामा एथलेटिक्स, भलिबल र कराते विधाका खेलहरु भएका थिए जससमा १० गोल्ड मेडल ल्याई च्याम्रा देवी माध्यमिक विद्यालय दोस्रो र डोङडेन माध्यमिक विद्यालय ८ गोल्ड मेडल सहित तेस्रो भएको छ ।
पुस १४ गते देखि सुरुभएको उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिकाका प्रमुख रामसिंङ तामाङ र उप-प्रमुख फेलामा तामाङले गरेका थिए भने समापन तथा पुरस्कार वितरण कार्यक्रम बागमती प्रदेश खेदकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास सससमितिका अध्यक्ष प्रताप सिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।
यस्तो थियो खेल नतिजा
छात्र भलिबल
प्रथम- दोङदेन मा. वि.
द्वितिय- लापा मा. वि.
तृतिय- च्याम्रा देवी मा. वि.
कराते छात्र तर्फ
प्रथम- ४२ केजी बसन्त तामाङ, लापा मा. वि.
प्रथम- ४७ केजी मुर्कुश तामाङ, च्याम्रा देवी मा. वि.
प्रथम- ५२ केजी प्रशान्त तामाङ, लापा मा. वि.
प्रथम- ५७ केजी उमेश तामाङ, च्याम्रा देवी मा. वि.
प्रथम- ५२ केजी राजकुमार तामाङ, च्याम्रा देवी मा. वि.
छात्र एकल (काता)
प्रथम- विवेक तामाङ, लापा मा. वि.
कराते छात्रा तर्फ
प्रथम- ४० केजी स्वयटमाया तामाङ, लापा मा. वि.
प्रथम- ४५ केजी उर्मिला तामाङ, लापा मा. वि.
प्रथम- ५० केजी शर्मिला तामाङ, च्याम्रा देवी मा. वि.
प्रथम- ५५ केजी सञ्जु घले, लापा मा. वि.
प्रथम- ६० केजी मनुरानु घले, च्याम्रा देवी मा. वि.
छात्रा एकल (काता)
प्रथम- अनुस्का तामाङ, च्याम्रा देवी मा. वि.
एथलेष्टिक छात्र तर्फ
प्रथम- पिटर घले, त्रिपल जम्प, लापा मा. वि.
प्रथम- भीम तामाङ, ससटपुट, लापा मा. वि.
प्रथम- अमर तामाङ, ज्यापलिङथ्रो, दोङदेन मा. वि.
प्रथम- १०० मी. दौड अर्जुन तामाङ, लापा मा. वि.
प्रथम- २०० मी. दौड अर्जुन तामाङ, लापा मा. वि.
प्रथम- ४०० मी. दौड, आदेश तामाङ, दोङदेन मा. वि.
प्रथम- ८०० मी. दौड, विशाल तामाङ, लापा मा. वि.
प्रथम- १५०० मी. दौड, शेरबहादुर तामाङ, च्याम्रा देवी मा. वि.
प्रथम- पिटर घले, लङजम्प, दोङदेन मा. वि.
प्रथम- अर्जुन तामाङ, हाईलम्प, लापा मा. वि.
एथलेष्टिक छात्रा तर्फ
प्रथम- बेमाया तामाङ, त्रिपल जम्प, च्याम्रा देवी मा. वि.
प्रथम- टुटुमाया तामाङ, सटपुट, च्याम्रा देवी मा. वि.
प्रथम- सुस्मारानी घले, ज्यापलिङथ्रो, दोङदेन मा. वि.
प्रथम- १०० मी. दौड मिना तामाङ, लापा मा. वि.
प्रथम- २०० मी. दौड एस्नर, लापा मा. वि.
प्रथम- ४०० मी. दौड, सुस्मितारानी घले, दोङदेन मा. वि.
प्रथम- ८०० मी. दौड, विमला तामाङ, लापा मा. वि.
प्रथम- १५०० मी. दौड, सुस्मितारानी घले, दोङदेन मा. वि.
प्रथम- सम्झना तामाङ, लङजम्प, दोङदेन मा. वि.
प्रथम- सृजना तामाङ, हाईलम्प, लापा मा. वि.
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भलिबल विधाका लागि निम्न खेलाडी छानिएका छन् रुबीभ्यालीबाट
१. डेविड थापा तामाङ, दोङदेन मा. वि.
२. शंकर थापा तामाङ, दोङदेन मा. वि.
३. दिनेश तामाङ, दोङदेन मा. वि.
४. लेकबहादुर तामाङ, दोङदेन मा. वि.
५. डेविड तामाङ, च्याम्रा देवी मा. वि.
६. प्रशान्त तामाङ, च्याम्रा देवी मा. वि.
७. आशिष वि.क., लापा मा. वि.
८. युहान वि. क., लापा मा. वि.
९. अर्जुन तामाङ, लापा मा. वि.
१०. सेरबहादुर गुरुङ, लापा मा. वि.