धादिङको पाल्दोर हिमाल चढ्दै ११ आरोही

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २२, २०७५

धादिङ चैत्र २२ । धादिङको पर्यटन विकासको लागि योगदान गरि रहेका धादिङका कुलबहादुर गुरुङको पहलमा ९ जना कोरियन र २ जना आरोहीले गणेश हिमाल (पाल्दोर पिक) को आरोहण गर्ने भएका छन् ।

एशिया पर्वतारोहण महासंघले आफ्नो स्थापना दिवसको अवसरमा यो पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै निर्णय गरेको थियो । तर नेपालको कुन हिमाल आरोह आरोहण गर्ने निर्णय भएको थिएन ।

नेपाल पर्वतारोहण संघ (NMA) का महासचिव एवम् गणेश हिमाल पर्यटन विकास समितिका पुर्व अध्यक्ष समेत रहेका गुरुङको विशेष पहलमा धादिङको रुबीभ्याली गाउँपालिकाको पाल्दुर पिक आरोहरण गर्ने निश्चित भएको हो ।

अप्रिल ७ मा ९ कोरियाली र २ नेपाली गरी ११ जनाले १० दिनको प्याकेज बनाई काठमाडौबाट यात्रा गर्ने छन् । उक्त टिम काठमाडौंबाट स्याफ्रुबेसी, गत्लाङ, सोम्दाङ, रुबीभ्याली हुँदै ५ हजार ८ सय ९६ मिटरको उचाई रहेको पाल्दुर पिक पुग्ने छन् ।