धादिङको सर्वाधिक पुरस्कार राशीको वाका कप चैत २१ गतेदेखि

Avatar photo
Dhadingpost
चैत्र ३, २०८१

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित सेमजोङमा जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ यहि चैत २१ गतेबाट सुरु हुने भएको छ ।

यस प्रतियोगिताको विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार जित्ने छन् । गत वर्ष सम्पन्न १४ औं संस्करण भन्दा यो पटकको पुस्कार २ हजारले बढी हो ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् । फाईल तस्वीर

गत संस्करणहरु