बाढीमा वेपत्ता फूलखर्कका ६ जनाका परिवारलाई सहयोग जुट्दै, ८ लाख २८ हजार संकलन

Avatar photo
Dhadingpost
भदौ २५, २०८३

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी वेपत्ता भएका धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्कका ६ जनाका परिवारलाई आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। हालसम्म रु. ८ लाख २८ हजार ४१६ सहयोग रकम संकलन भएको बताइएको छ ।

पछिल्लो पटक फूलखर्कका सञ्जीव अधिकारी ‘सुमन’ले रु. ५० हजार सहयोग गर्ने घोषणा गरेपछि कुल संकलित रकम रु. ८ लाख २८ हजार ४१६ पुगेको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीमा परी विकास बस्नेत, गोकर्ण थापा, नारायण बानियाँ, हरिचन्द्र नेपाल, राजेश तिमिल्सिना र संगम रिमाल हालसम्म पनि वेपत्ता छन् ।

वेपत्ता भएका ६ जनाका परिवारलाई दुःखको समयमा साथ दिने उद्देश्यले सहयोग रकम संकलन भइरहेको सञ्जीव अधिकारी ‘सुमन’ले बताए । संकलित रकम छहारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा भइरहेको उनले जानकारी दिए ।

सहयोग अभियानमा फूलखर्कलगायत धादिङका विभिन्न स्थान तथा देश–विदेशमा रहेका नेपालीहरू जोडिएका छन् । हालसम्म नेपालबाट रु. ५ लाख ७ हजार २६६ र विदेश तथा अन्य सहयोगीबाट २ हजार १४१ अमेरिकी डलर अर्थात् रु. ३ लाख २१ हजार १५० संकलन भएको जनाइएको छ ।

सहयोगी दाताहरू

१. सञ्जीव अधिकारी ‘सुमन’ (फूलखर्क) — रु. ५०,०००
२. उत्तम अधिकारी (फूलखर्क) — रु. १,५०,०००
३. किसान अधिकारी (फूलखर्क) — रु. ७५,०००
४. रामकृष्ण अधिकारी (फूलखर्क) — रु. ५१,०००
५. लोचन प्याकुरेल (गंगाजमुना–४) — रु. ३०,०००
६. सुबिन्द्र अधिकारी (फूलखर्क) — रु. १०,०००
७. बिक्रम अधिकारी (फूलखर्क) — रु. २५,०००
८. राज सिङ थापा (गंगाजमुना–७) — रु. ११,१११
९. गंगाजमुना होटल, धादिङबेँसी — रु. २५,०००
१०. एन्जिला कार्की (फूलखर्क, कात्तिके), हाल अमेरिका — रु. २५,०५०
११. सन्तोष बस्नेत (फूलखर्क, कात्तिके) — रु. १०,०००
१२. शीला अधिकारी (फूलखर्क, बुर्जाघर) — रु. ५,०००
१३. संगीता कार्की (फूलखर्क, कात्तिके) — रु. ५,१०५
१४. डा. अबिनाश बानियाँ (फूलखर्क, दाङ्सिङ) — रु. ३५,०००

विदेश तथा अन्य सहयोगी

१. Bibek Bhattarai (Lapsibot) — $500 / रु. ७५,०००
२. Andy Shaha (India) — $200 / रु. ३०,०००
३. Ana Adhikari (Phulkharka) — $200 / रु. ३०,०००
४. Name not disclosed (Adhikari) — $200 / रु. ३०,०००
५. Subash Sitaula (Ganesthan) — $101 / रु. १५,१५०
६. Anuj Thapa Magar — $61 / रु. ९,१५०
७. Puskar Adhikari — $61 / रु. ९,१५०
८. Paurakh Bikram Shah (Dhangadhi) — $61 / रु. ९,१५०
९. Sanjok & Sanju Acharya (Sindhuli) — $55 / रु. ८,२५०
१०. Bhakta Gurung (Sunaulobazar) — $51 / रु. ७,६५०
११. Maya Limbhu — $51 / रु. ७,६५०
१२. Ashish Gahatraj (Tanahun) — $50 / रु. ७,५००
१३. Aananda Sharma (Baglung) — $50 / रु. ७,५००
१४. Suraj Shrestha (Chitwan) — $50 / रु. ७,५००
१५. Ganesh Lamsal (Muralibhanjyang) — $50 / रु. ७,५००
१६. Raman Shrestha (Gumdi) — $50 / रु. ७,५००
१७. Arjun Bogati (Salyankot) — $50 / रु. ७,५००
१८. Dipa Kandel (Khahare) — $50 / रु. ७,५००
१९. Dil Magar (Ramechap) — $50 / रु. ७,५००
२०. Akirti Dahal (Saltankot) — $50 / रु. ७,५००
२१. Anil Thapa Magar (Gorkha) — $50 / रु. ७,५००
२२. Rabin Singh (Baitadi) — $50 / रु. ७,५००
२३. Sarbgnaya Mohan Bhattrai (Pokhara) — $50 / रु. ७,५००

विदेश तथा अन्य सहयोगीबाट प्राप्त रकम कुल २ हजार १४१ अमेरिकी डलर रहेको छ । उक्त रकमलाई १ डलर बराबर रु. १५० का दरले गणना गर्दा रु. ३ लाख २१ हजार १५० हुन्छ ।

यसरी नेपालमा संकलित रु. ५ लाख ७ हजार २६६ र विदेश तथा अन्य सहयोगीबाट प्राप्त रु. ३ लाख २१ हजार १५० जोड्दा हालसम्म कुल रु. ८ लाख २८ हजार ४१६ संकलन भएको जनाइएको छ ।

बाढीमा आफ्ना परिवारका सदस्य वेपत्ता भएपछि कठिन अवस्थामा रहेका परिवारलाई आर्थिक तथा मानवीय साथ उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो । अभियानमा थप सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ ।