धादिङ समाज बेल्जियमद्वारा बाढीपीडितका लागि २,३१९ युरो सहयोग

Avatar photo
Dhadingpost
भदौ २४, २०८३

बेल्जियम । नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ समाज बेल्जियमले सञ्चालन गरेको ‘नेपाल बाढी तथा विपद् राहत सहयोग अभियान २०२६’ सम्पन्न भएको छ ।

अभियानमार्फत बेल्जियममा रहेका ३२ जना सहयोगदाताबाट कुल २ हजार ३७० युरो करिब ४ लाख १७ हजार रुपैयाँ नेपाली सङ्कलन भएको समाजले जनाएको छ । सङ्कलित रकममध्ये २ हजार ३१९ युरो नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ ।

बाँकी ५१ युरो भने भविष्यमा आउन सक्ने आपत्कालीन परिस्थितिमा प्रयोग गर्ने गरी आपत्कालीन राहत कोषमा सुरक्षित राखिएको धादिङ समाज बेल्जियमले जनाएको छ ।

प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्को समयमा सहयोग जुटाउने अभियानमा सहभागी सम्पूर्ण सहयोगदाताप्रति समाजले आभार व्यक्त गरेको छ । समाजले विपद्मा परेका नेपालीहरूको सहयोगका लागि हातेमालो गर्ने सबै सहयोगी मनहरूलाई धन्यवादसमेत दिएको छ ।

सहयोगदाताहरूको विवरण

अभियानमा सहयोग गर्नेहरूको नाम तथा रकम यसप्रकार छ :

१. हरि प्रसाद सिम्खडा — €१११
२. गोपाल तामाङ — €३०
३. इन्द्र माया तामाङ (जिल्भर भाइब) — €३१
४. अर्जुन नेपाल / अनिता थापा — €५१
५. गजेन्द्र गुरुङ — €१५१
६. देवकोटा यम — €५१
७. राजन दनै — €५५
८. नुना अधिकारी क्षेत्री — €५१
९. सिर्जना पाण्डे दाहाल / रुपेन्द्र दाहाल — €१०५
१०. तुमलाल सिम्खडा — €५१
११. कासी दनै — €१०१
१२. जानुका भट्ट सिम्खडा — €५०
१३. कृष्ण सिम्खडा / रिजु पौडेल — €१०१
१४. रमेश अधिकारी — €१०१
१५. रमेश दाहाल / कविता सिम्खडा — €१०१
१६. प्रमिला दुवाडी — €५१
१७. ध्रुव सिम्खडा — €५१
१८. कोइराला–रिजाल्स एस + एम (सन्देश) — €१०१
१९. कृष्ण न्यौपाने / रञ्जना सिम्खडा — €१०५
२०. दीपक चन्द्र भट्ट — €१११
२१. कात्साङ छोडेन — €२५
२२. राजन सिम्खडा — €५१
२३. उमेश घिमिरे — €१११
२४. भरत ढकाल — €५१
२५. तेज अर्याल — €१०१
२६. सहदेव गौतम — €५१
२७. हरि कृष्ण मल्ल — €५१
२८. सरिता दाहाल — €५१
२९. जया तामाङ — €११५
३०. प्रेम गौली — €५१
३१. विष्णु माया अधिकारी सिम्खडा — €५१
३२. मिना देवकोटा दाहाल — €५१

सहयोगको संक्षिप्त विवरण

  • कुल सहयोगदाता: ३२ जना
  • कुल सङ्कलित रकम: €२,३७०
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण: €२,३१९
  • आपत्कालीन राहत कोषमा सुरक्षित: €५१

धादिङ समाज बेल्जियमले विगतदेखि नै नेपालमा हुने विभिन्न विपद् तथा सामाजिक आवश्यकतामा सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि मातृभूमिका लागि मानवीय तथा सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ ।