
समीकरण,
धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित खनियाबास गाउँपालिकाको उपाध्यक्ष पदको चुनाव रोचक हुने देखिएको छ । यस गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ ।
जसमा नेपाली कांग्रेसका तर्फबाट निवर्तमान अध्यक्ष रणबहादुर तामाङ पुनः गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहेका छन् भने उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) ले ०७४ को अध्यक्षका प्रत्यासी सेक्केमान तामाङलाई उठाएको छ । यस गाउँपालिकामा उपाध्यक्ष पदका लागि ७ राजनीतिक दल र १ स्वतन्त्र (नेपाली कांग्रेसका बागी) गरि जम्मा ८ जना चुनावी मैदानमा छन् ।
गत स्थानीय तहको निर्वाचन २०७४ मा यस गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ १६४६ मत ल्याइ विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रदिप फ्युवाले ९७१ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्ष पदमा १६६५ मतका साथ नेपाली कांग्रेसकी उम्मेदवार योमाया तामाङ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सुष्मा तामाङले ९१७ मत प्राप्त गरेकी थिइन् ।
गठबन्धनका उम्मेदवार सेक्केमान तामाङ गत स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार थिए उनले त्यो बेला ७९८ मत ल्याएका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका तामाङ नेकपा (माओवादी केन्द्र), धादिङको जिल्ला समन्वय समितिको सदस्य र खनियाबास गाउँपालिकाको इञ्चार्ज समेत हुन् । यसपटक खनियाबासका मतदाताले उपाध्यक्षमा आफूलाई जिताउनेमा उनी ढुक्क देखिन्छन् । गठबन्धनका साझा उम्मेदवार भएकाले उनी उपाध्यक्षको सबैभन्दा शक्तिशाली उम्मेदवार मानिन्छन् ।
नेकपा (एमाले) ले खनियाबास गाउँपालिकाको उपाध्यक्षमा खुपीकुमारी तामाङलाई अगाडि सारेको छ । उनी नेकपा (एमाले), धादिङको जिल्ला कमिटी सदस्य तथा खनियाबास गाउँ कमिटीको उपाध्यक्ष हुन् । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य समेत रहेकी तामाङ उपाध्यक्ष पदकी सशक्त महिला उम्मेदवार हुन् ।
त्यस्तै, गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेकपा (एकीकृत समाजवादी) पार्टीले फुरबहादुर तामाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । उनी त्यस क्षेत्रको प्रभावशाली व्यक्ति मानिन्छन् । पूर्व शिक्षक समेत रहेका फुरबहादुर नेकपा (एकीकृत समाजवादी) खनियाबास गाउँ कमिटिका अध्यक्ष समेत हुन् ।
खनियाबास गाउँपालिकाको उपाध्यक्ष पदकी अर्की उम्मेदवार निकिता वाइबा रहेकी छिन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार रहेकी वाइबा जसपा, धादिङको जिल्ला कोषाध्यक्ष समेत हुन् । उनी त्यस क्षेत्रकी चर्चित महिला नेत्री मानिन्छन् । निकितालाई उपाध्यक्षको बलियो उम्मेदवार मानिन्छ ।
तामाङ बाहुल्य रहेको यस गाउँपालिकामा उपाध्यक्षका सबै उम्मेदवारहरू तामाङ रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मरियम तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट ममता तामाङ, मसिहा पार्टीबाट रामबहादुर तामाङ र स्वतन्त्रबाट सरिता तामाङ उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।



यस्तो थियो ०७४ सालमा खनीयावास गाउँपालिकाको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस रणबहादुर तामाङ १,६४६ मत विजयी
एमाले प्रदिप फ्युवा ९७१ मत
माओवादी केन्द्र सेक्केमान तामाङ ७९८ मत
राप्रपा बुद्धीबहादुर तामाङ ८८० मत
स्वतन्त्र जलबहादुर तामाङ १ मत
उप प्रमुखमा
कांग्रेस योमायाँ तामाङ १,६६५ मत विजयी
एमाले सुस्मा तामाङ ९१७ मत
माओवादी केन्द्र तृष्ण मोक्तान तामाङ ६११
नयाँ शक्ति निकिता तामाङ ४२५ मत
वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस बुद्धी तामाङ २३१ मत विजयी
एमाले मानबहादुर तामाङ ९५ मत
माओवादी केन्द्र मानबहादुर तामाङ ८२ मत
राप्रपा सोनामबहादुर तामाङ ७८ मत
नयाँ शक्ति सन्दिप तामाङ ३ मत
स्वतन्त्र गङ्ग बहादुर तामाङ १ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस टेकबहादुर तामाङ १९८ मत विजयी
एमाले ठुङ तामाङ १८१ मत
माओवादी केन्द्र योवन तामाङ १८४ मत
राप्रपा अरुण कुमार पाख्रिन १६० मत
नयँ शक्ति विरेन्द्र तामाङ ७ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस हरि लामा तामाङ ४१८ मत विजयी
एमाले सार्कीलामा तामाङ २३२ मत
माओवादी केन्द्र बुद्धीमान तामाङ १५० मत
राप्रपा कमान सिंह तामाङ २५२ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस सम्सेर बहादुर घले २७० मत
एमाले हरिसिं गुरुङ ३४६ मत विजयी
माओवादी केन्द्र हिमालय तामाङ ३५ मत
राप्रपा मेघबहादुर तामाङ ९२ मत
नयाँ शिक्त दिलबहादुर तामाङ ५९ मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस बुधराम तामाङ ६७९ मत विजयी
एमाले रविन कुमार तामाङ १४५ मत
माओवादी केन्द्र रामबहादुर तामाङ १०५ मत
राप्रपा बिरबहादुर तामाङ २४५ मत
- गल्छी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- बेनीघाट रोराङको स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
- सिद्धलेक गाउँपालिका स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
- गजुरी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
- नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
- नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
