
धादिङ । धादिङको गल्छीकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले आयोजना गरेको सामुदायिकस्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा असिक सेन्चुरी सहभागी नेपाली टोलीले उपाधि जितेको हो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाली टोलीले फिलिपिन्स ‘सी’लाई पराजित गरेको थियो । त्यस्तै, सेमिफाइनलमा ट्युनिसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको टोलीले उपाधिका लागि फिलिपिन्स ‘बी’लाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार २ हजार कतारी रियाल रहेको थियो, जुन नेपाली रुपैयाँमा करिब ८४ हजार १८० रुपैयाँ बराबर हुन्छ ।
प्रतियोगिता शुक्रबार कतारको Ali Bin Hamad Al-Attiyah Arena (Indoor Hall), Al Saad (Gate-2) मा सम्पन्न भएको हो ।
वैदेशिक रोजगारीका क्रममा कतारमा रहेकी धादिङकी असिक सेन्चुरीले नेपाली महिला भलिबल टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकी हुन् ।
