नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ४, २०७८

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भिमप्रसाद ढुङगाना निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा नेपाक माओवादी केन्द्रका मनराज भण्डारी विजयी भएका थिए ।

काग्रेस माओवादी केन्द्र बीचको तालमेलबाट जितेका नगरप्रमुखले १३ हजार १६६ मत ल्याएर ढुङगाना निर्वाचित भएका थिए भने उपप्रमुखमा निर्वाचित भएकी भण्डारीले १० हजार ३२३ मत ल्याएका थिए ।

कांग्रेस र माओवादी केन्द्रको तालमेलको विरुद्ध नगर प्रमुखमा उम्मेदवारी दिएका एमालेका अर्जुन कुमार श्रेष्ठले ६९९० मत, भरत कार्की राप्रपा १२१ मत, खगेश्वर कोईराला माले ४३ मत, केशवराज अधिकारी नयाँ शक्ति २८० मत, घुरनलाल चौधरी नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी ३ मत ल्याएका थिए भने स्वतन्त्रबाट भरत ढुङ्गना, शिवराज सापकोटा, अनिल कोईराला बिहरी अधिकारीले १ मत पनि ल्याउन सकेनन् ।

यस्तै कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको विरुद्ध उप प्रमुखमा एमालेबाट गंगादेवि श्रेष्ठ ७४४४ मत, शान्तीमायाँ गुरुङ राप्रपा १८९ मत, अम्बीका घिमिरे श्रेष्ठ नयाँ शक्ति ३२९ मत, इशवरी प्रसाद अधिकारी स्वतन्त्र १३४ मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार पूर्णबहादुर कोईरालाले १ मत पनि ल्याउन सकेनन् ।

वडा नम्बर १ को अध्यक्षमा ३ जनाको प्रतिपर्धा रहेको मध्य माओवादी केन्द्रका गणेश गुरुङले ४४९ मत ल्याई विजयी भएका थिए भने एमालेका शेरबहादुर गुरुङले ३७७ मत र नेपाली काँग्रेसका भुपाल गुङले २३१ मत ल्याएका थिए ।

वडा नम्बर २ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको मध्य माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ ७०७ मत ल्याई विजयी बजे उनको प्रतिपर्धी नेकपा एमालेका जीतलाल गुरुङ ५७५ मत, डोलबहादुर मगरले ५०३ मत ल्याएका थिए ।

वडा नम्बर ३ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको मध्य नेपाली कांग्रेका होमनाथ रिजाल ८४२ मत ल्याउँदै विजयी भएका थिए उनको प्रतिस्पर्धीहरु शान्त विक्रम बानियाँ एमाले ४५८ मत, नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल) माओवादी केन्द्र ७७६ मत, चामबहादुर थापा क्षेत्री राप्रपा २६ मत, इवराज थापाक्षत्री नयाँ शक्तिले ३० मत ल्याएका थिए ।

वडा नम्बर ४ को अध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको मध्य शिवराज गिरी ६५१ मत ल्याउदै विजयी बने उनको प्रतिस्पर्धीहरु एमालेका हरिबहादुर श्रेष्ठ ६२१ मत, राजकुमार श्रेष्ठ माओवादी केन्द्र ५२ मत, श्यामबहादुर सिंह ठकुरी राप्रपाले ४६ मत, पाएका थिए ।

वडा नम्बर ५ को अध्यक्षमा ७जनाको उम्मेदवारी रहेको मध्य रामबहादुर श्रेष्ठ माओवादी केन्द्र विजयी भए । उनको प्रतिस्पर्धीहरु हस्तबहादुर मगर कांग्रेस ६९३ मत, बाबुलाल श्रेष्ठ एमाले ५८४, राजन प्रसाद ढुङगाना नयाँ शक्तिले ६१ मत ल्याएका थिए ।

वडा नम्बर ६ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहेकोमा उद्धव रिजाल एमाले ५३१ मत ल्याउँदै विजयी बने, उनको प्रतिपर्धीहरु सुनबहादुर श्रेष्ठ कांग्रेस ४७८, लक्ष्मण रम्तेल माओवादी केन्द्र ३४६ र शारदा शंकरराज भण्डारीले २६ मत ल्याएका थिए ।

वडा नम्बर ७ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा कांग्रेसका गौतम हरी अधिकारी ६४८ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु दलबहादुर थापा मगर एमाले ३७३, दिपक विश्वकर्मा माओवादी केन्द्र ६१०, बलबहादुर थापा राप्रपा ५, प्रमोद पोखरेल नयाँ शक्तिले १९ मत ल्याएका थिए ।

वडा नम्बर ८ को अध्यक्षमा ६ जनाको उम्मेदवार परेको थियो जसमा कांग्रेसका गुणबहादुर थपलियाले ११५२ मत ल्याउँदै जितेका थिए । उनको प्रतिद्वन्दीहरु एमालेका शालिकराम दुवाडी ४१८, होमनाथ शर्मा कोईराला माओवादी केन्द्र ८७, लष्मी राज पौडेल राप्रपा ८, मिनबहादुर तामाङ नयाँ शक्तिले २४ मत ल्याएका थिए ।

वडा नम्बर ९ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो जसमा कांग्रेसका भोजबहादुर रेग्मी १०९५ मत ल्याउदै विजयी भए । उनको प्रतिस्पर्धीहरु कृष्ण प्रसाद लम्साल एमाले ७०५, सुकदेव लम्साल माओवादी केन्द्र ७४, जितबहादुर गुरुङ राप्रपाले २० मत ल्याएका थिए ।

वडा नम्बर १० को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका गणेश थापाले ३९९, कांग्रेसका ४५७, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।

वडा नम्बर ११ को अध्यक्षमा ४ जनाको उम्मेदवरी परेको थियो जसमा माओवादी केन्द्रका तिलक थापा मगरले ८३६ मत ल्याई विजय भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका रामबहादुर श्रेष्ठले ७४१, एमालेका रामहादुर पुलामी ३६१, टिकारम अधिकारी नयाँ शक्तिले ९ मत प्राप्त गरेका थिए ।

वडा नम्बर १२ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको मध्य एमालेका बाबुराम लम्साल ६१८ मत ल्याई विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका गोकर्ण प्रसाद सापकोटा ५५४, महेन्द्र धमला ३६, जितबहादुर दमै राप्रपा ११, रामहरि अधिकारी स्वतन्त्रले १४८ मत ल्याएका थिए ।

वडा नम्बर १३ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो जसमा कांग्रेसका होमबहादुर गुरुङ ८२८ मत ल्याई विजयी भएका थिए र उनको प्रतिस्पर्धीहरु एमालेका गोरे गुरुङ ३६५, माओवादी केन्द्रका डम्बरबहादुर थापा४४, रुद्रबहादुर गुरुङ नयाँ शक्तिले १३ मत ल्याएका थिए ।

वडा नम्बर १४ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका फन्द्रा तामाङले ८३६ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिपर्धी कांग्रेसका २६३, माओवादी केन्द्रका नमराज दुवाडी ६७८, जीबहादुर गुरुङ राप्रपा ९। भोजबहादुर गुरुङ नयाँ शक्तिले २९ मत ल्याएका थिए ।