धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ५, २०७८

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धुनीबेसी नगरपालिका प्रमुखमा नेकपा एमालेका बालकृष्ण आचार्य र उपप्रमुखमा पनि एमालेबाटै नीरु खरेल विजयी भएका थिए । नगरप्रमुखमा आचार्यले ६६६४ मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा निर्वाचित भएकी खरेलले ६६२९ मत ल्याएकी थिईन ।

नगर प्रमुखका अन्य प्रतिस्पर्धीहरु कांग्रेसका माधवराज पाण्डेले ३९२३ मत, माओवादी केन्द्रका दिपक लामिछानेले ४३३५ मत, दिपक रुपाखेती राप्रपा ११८ मत, सुरेन्द्र तामाङ नयाँ शक्ति ४७ मत, अजयकुमार रिमाल स्वतन्त्रले २५ मत ल्याएका थिए ।

उप प्रमुखका प्रतिपर्धीहरु कांग्रेसका अप्सरा कोईराला ३९२५ मत, माओवादी केन्द्रका सावित्री आचार्य ४३४१ मत, तुलसी श्रेष्ठ राप्रपा १३३ मत, दिनेश पाण्डे स्वतन्त्रबाट १७ मत ल्याएका थिए ।

वडा नम्बर १ को अध्यक्षमा ५ जनाको प्रतिपर्धा रहेको मध्य एमालेबाट चन्द्रबहादुर तामाङले ७१२ मत ल्याई विजयी भएका थिए भने उनको प्रतिसपर्धीहरुमाओवादी केन्द्रका कुमार बहादुर तामाङले ५२३ मत नेपाली कांग्रेसका रामकृष्ण पाण्डेय ५१२ मत ररामकुमार पौडेल राप्रपा ५७ मत ल्याएका थिए ।

वडा नम्बर २ को अध्यक्षमा ४ जनाको उम्मेदवारी रहको मध्य नेकपा एमालेका बलराम कुँवरले ९५० मत ल्याई विजयी भएका थिए भने उनको प्रतिपर्धी माओवादी केन्द्रका कृष्ण प्रसाद लुईटेलले ४७५, कांग्रेसका गणेश खकुराल ३९८ मत र विष्णुबहादुर तामाङ राप्रपाले ३१ मत ल्याएका थिए ।

वडा नम्बर ३ को अध्यक्षमा ४ जनाको उम्मेदवारी रहको मध्य नेपाली कांग्रेका प्रकाश हमालले ६७१ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु राजेशकुमार रुचाल एमालेबाट ६५२ मत, भिमसेन पाण्डे माओवादीबाट ४०२ मत, सुदिप सापकोटा राप्रपाबाट १० मत ल्याएका थिए ।

वडा नम्बर ४ को अध्यक्षमा ३ जनाको उम्मेदवारी रहेको मध्य एमालेबा हरि प्रसाद सुवेदीले ९६० मत ल्याउदै विजयी बने उनको प्रतिस्पर्धीहरु कांग्रेसका दामोदर गजुरेलले ५२ मत, माओवादी केन्द्रका दिपक ठकुरीले ४७२ मत ल्याएका थिए ।

वडा नम्बर ५ को अध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको मध्य माओवादी केन्द्रका कृष्ण कुमार रेग्मीले ६२४ मतका साथ विजयी भए । उनको प्रतिस्पर्धीहरु कांग्रेसकानवराज धिताल ४०५ मत, पुरुषोतम अर्जेल एमाले ५७२ मत, रणबहादुर पाण्डे राप्रपाले ९ मत ल्याएका थिए ।

वडा नम्बर ६ को अध्यक्षमा ३ जनाको उम्मेदवारी रहेकोमा कान्छा तामाङ एमाले ४९६ मत ल्याउँदै विजयी बने, उनको प्रतिपर्धीहरु राजकुमार बानियाँ कांग्रेस ४२७, रमेश आचार्य माओवादी केन्द्रले ४१५ मत ल्याएका थिए ।

वडा नम्बर ७ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेकोमा एमालेका केदार पाठलले ६७२ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका यदुनाथ पाठक ६०६ मत, मानसिंह तामाङ माओवादी केन्द्र ३७३, मिलन तामाङ राप्रपा ७, अम्बर तामाङ नयाँ शक्तिले ३४ मत ल्याएका थिए ।

वडा नम्बर ८ को अध्यक्षमा ४ जनाको उम्मेदवार परेको थियो जसमामाओवादी केन्द्रका रामकृष्ण रेग्मीले ८५५ मत ल्याउँदै जितेका थिए । उनको प्रतिद्वन्दीहरु एमालेका भरत प्रसाद रेग्मीले ७२८, सन्तोष कुमार रेग्मी कांग्रस १३८मत, शेखर कार्कीले स्वतन्त्रबाट ६७ मत ल्याएका थिए ।

वडा नम्बर ९ को अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका साईला राईले ६७२ मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका कृष्णजी खत्रीले ४८८, कांग्रेसका माधव प्रसाद सिलवालले ६१५, सानुकान्छा तामाङ राप्रपा १२, रामकृष्ण तामाङ नयाँ शक्तिले २५ मत ल्याएका थिए ।