धादिङ समाज अमेरिकाको अधिवेशन तयारी तिब्र

Avatar photo
गोविन्द बुढाथोकी
बिहिबार, बैशाख ६, २०८१

धादिङ । धादिङबाट अमेरिका गई बसोबास गर्दै आएकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यहि अप्रिल २१ मा हुँदै छ । अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष रामेश्वर बुर्लाकोटीले बताए ।

Ridgewood Nepali Community Hall मा हुने यस अधिवेशनले नयाँ कार्य समिति चुन्ने छ । हाल अमेरिकामा ३ हजारको हाराहारीमा धादिङ्गेहरु रहेतापनि समाजको अजिवन सदस्यता ९१ जा र साधारण सदस्यता ३९५ जनाले लिएको अध्यक्ष बुर्लाकोटीले धादिङपोष्टलाई बताए ।

धादिङका विभिन्न क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान गर्दै आई रहेको यस समाजमा विस्तारै सदस्यताहरु बढ्दै गएको उनी बताउँछन् ।

यस अघि प्रकाशित समाचार