धादिङ । नेपाली समाज टेक्सस एनएसटीको २०२३–२५ को नयाँ कार्यसमिति चयनका लागि आउँदो डिसेम्बर १६ तारिकमा भएको निर्वाचनमा धादिङका मनोज धिताल विजयी भएका छन् । १६ सदस्यीय कार्य समिति चयनका लागि भएको निर्वाचनमा कार्य समिति सदस्य पदमा धादिङ गल्छी गाउँपालिका ७ का मनोज धिताल ६७९ मत ल्याउँदै विजयी भएका हुन् ।
नेपाली समाज टेक्सस यस क्षेत्रको सबैभन्दा ठूलो र पुरानो सामुदायिक संस्था हो । सन् १९९७ मा यो संस्था स्थापना भएको हो । अहिले दुईहजार ५ सय १२ जना सदस्य छन् ।
शुरुको एक बर्ष मेरील्याण्डमा बसेका उनि सन २०१६ देखि टेक्ससमा बस्दै आईरहेका छन् । सन २०१९ को संस्थाको आजिवन सदस्य वनेका उनले संस्था र व्यक्तिगत तबरबाट विभिन्न सामाजिक कार्यमा सहभागि हुनुका साथै अप्ठेरोमा परेका नेपालीहरुलाई व्यक्तिगत रुपमा सहयोग समेत गर्दै आईरहेका छन् । नेपालमा रहँदा बिद्यार्थी संगठन र पत्रकारितामा समेत मनोज आवद्ध भएका थिए ।