
धादिङ । धादिङ नेपाली समाज अमेरिकाले शनिबार कोरोनापार्क क्वीन्स न्यूयोर्कमा हरितालिका तीज विशेष पिकनिक कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङबाट स्थायी वा अस्थायी रुपमा अमेरिकाका बस्दै आएकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रामेश्वर बुर्लाकोटीका अनुसार खेलकुद, मनोरञ्जन एवम् सांस्कृतिक कार्यक्रम गरि तीज विशेष पिकनिक सम्पन्न भएको हो ।
अध्यक्ष बुर्लाकोटीका अनुसार धादिङ नेपाली समाज अमेरिकामा ४२३ जना आवद्ध छन् भने अन्दाजी करिव १ हजारको हाराहारीमा अमेरिकामा धादिङ्गेहरु रहेका छन् ।
तस्वीरमा जे देखियो







