धादिङ नेपाली समाज अमेरिकाको वनभोजमा ५०० भन्दा बढी सहभागी

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । धादिङ जिल्लाबाट अमेरिकाको विभिन्न राज्यमा गई बसोबास गर्दै आई रहेकाहरुको संस्था, धादिङ नेपाली समाज अमेरिकाले न्यूयोर्क स्थित कोरोना पार्कमा आयोजना गरेको वनभोजमा ५०० जना भन्दा बढी सहभागिता जनाएका छन् ।

अमेरिकामा रहेका सिंगो धादिङगेहरूलाई एउटै छातामुनि गोलबन्द गर्दै अमेरिकामा जन्मेका वा हुर्कदै गरेका बालबालिकाहरूलाई जिल्लाको पहिचानमा चिर परिचित गर्दै ठुल-ठुला महत्वाकांक्षी लक्ष भन्दा स-साना रचानात्मक तथा प्रभावकारी कामहरू गर्ने उद्देश्य अनुसार समाजले पारिवारिक भेटघाट एवं पिकनिक कार्यक्रम गरेको समाजका महासचिव बिकास कडेलले बताए ।

समाजका वरिष्ठ उपाध्यक्ष भक्त गुरुङको सभापतित्वमा र महासचिव बिकार कडेलको संचालनमा भएको वनभोज सभापन कार्यक्रममा प्रमुख अथिति महावाणिज्य दुत विष्णु प्रसाद गौतम, विशेष आतिथ्यता गैर आवसिय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबि पन्तको रहेको थियो ।

कार्यक्रममा वावु राम अधिकारी सर, समाजका पूर्व अध्यक्षहरु दिवाकर पाण्डे, राजन गौली, उपाध्यक्ष दिलु पर्राजुली, क्षेत्रिय संयोजक समर बहादुर बुढाथोकी, बोर्ड सदस्य दुर्गेस जंग कार्की, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, पूर्व उपाध्यक्ष बि आर लामा, आईसीसी सदस्य संजिव श्रेष्ठ, सल्लाहाकार बन्दना कोइराला न्यूयोर्क च्यापटरका सचिव बासु लामिछाने, कोषाध्यक्ष आसिष सापकोटा चितवन समाज अमेरिकाका अध्यक्ष शिव कमल पौडेल, गुरुङसमाज बेलुका अध्यक्ष मिलन गुरुङ, गुरूङ समाजका बिजय गुरूग, गिरिजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसंपर्क समितिका अध्यक्ष आनन्द बिष्ट, प्रवासी मंचका टेक गुरूग, राधाकृष्ण देउजा, कृष्ण आचार्य, कृष्ण लामीछाने, भुवन अधिकारी लगायत आतिथ्यता रहेको महासचिव कडेलले बताए ।