एनआरएनए अमेरिकामा धादिङका ६ जनाको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, असार २५, २०८०

धादिङ जन्मभूमि भई अमेरिका बस्दै आएका धादिङ ६ जनाले यो पटक अर्थात २०२३–२०२५ को कार्यकालका लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए) अमेरिकाको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए अमेरिकाको आगामी कार्यकालका धादिङ जन्मभूमि भएका गजुरी गाउँपालिकाका राजिव श्रेष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै महासचिवमा गंगाजमुना गाउँपालिकाका रामहरि अधिकारीले, सहकोषाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिका त्रिपुरेश्वरका दिवाकर पाण्डेले र महिला सचिवमा उर्मिला श्रेष्ठले, बाेर्ड अफ डाइरेक्टर (महिला) सिद्धलेक गाउँपालिकाकी रमा खतिवाडा र बाेर्ड अफ डाइरेक्टर (महिला) मा गंगाजमुना गाउँपालिकाकी श्रृजना शर्माले उम्मेदवारी दिएका छन् ।

नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका (एनआरएनए) अमेरिकाको निर्वाचन यहि जुलाई २२ र २३ गते हुने कार्यक्रम रहेको छ । धादिङ नीलकण्ठ नगरपालिका स्थित सुनौला बजार जलकेनीका भक्त गुरुङ एनआरएनए न्यूजर्सीको अध्यक्षमा निर्विरोध निर्वाचित भई सकेका छन् भने धादिङ नीलकण्ठ नगरपालिका कै उत्तम धमला एनआरएनए अमेरिका पश्चिम क्षेत्रको क्षेत्रिय संयोजक पदमा उम्मेदवार छन् ।

राजिव श्रेष्ठ, उम्मेदवार उपाध्यक्ष, एनआरएनए अमेरिका
नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र समावेशीता प्रवर्द्धनका लागि नैतिक मूल्य, नीति र अभ्यासहरू पालनाका लागि आफ्नो उम्मेदवारी रहेको राजिव पाण्डे बताउँछन् । एनराएनए अमेरिका सुदृढ गर्न आवस्यक छ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई सार्थकता दिन आफूले उम्मेदवारी दिएको हुँ ।

रामहरि अधिकारी
उम्मेदवार महासचिव
, एनआरएनए अमेरिका
गैरआवासीय नेपाली संघले “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेको छ र गैरआवासीय नेपालीहरुलाई मातृभूमि सँग जोडेको छ । नेपालमा आइपरेका हरेक विपतका घडीमा प्रवासमा रहेर पनि नेपाल र नेपालीको हितमा योगदान गर्दै आईरहेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकामा म सन् २०१३ देखिवै युवा जोश जाँगरका साथ नेपालीत्वले ओतप्रोत मन मस्तिषक बोकेर बिशुद्द सामाजिक काममा समाहित हुने उत्कट अभिलाषाका साथ साधारण सदस्यको रूपमा आफूलाई जोडेको हुँ ।
एनआरएनको माध्यमबाट सामाजिक एकता कायम गर्न सकिन्छ, प्रवासी नेपालीहरूलाई अटुट रुपमा नेपालसककंग जोड्न सकिन्छ, हरेक नेपालीको साझा चौतारी वन्न बनाउन सकिन्छ, अमेरिकामा बसोबास गर्ने नेपालीको चौतर्फि हितसंगै नेपाली पहिचान कायम राख्न सकिन्छ भन्ने विश्वासका साथ करिव एक दशक मेरो सकृय सहभागिता यस संस्थामा रहँदै आएको छ । यस पटक म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको महासचिवमा रहेर काम गर्ने दृढ इच्छा रहेकोले उम्मेदवारी दिएको हुँ ।

दिवाकर पाण्डे
कोषाध्यक्ष पदको उम्मेदवार
, एनआरएनए अमेरिका
गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद अमेरीका, नेपाली संघ संस्थाहरु बिचको छाता संगठन हो । तसर्थ यस संस्थालाई सबल,सदृढ़ पारदर्शी र विश्वसनीय संगठन वनाउनु हामी सबैको दायित्व हो । विगत लामो समयदेखी विभिन्न संघसंस्थाहरुको माध्यमवाट आफुलाई समाजसेवामा सक्रिय रहेको कुरा अवगत यहाँ हरुलाई अवगत नै छ र यस संस्थाको माध्यमवाट सम्पूर्ण नेपालीहरूका बीच आपसी एकता कायम गर्न सकिन्छ, अनि संस्थालाई मजबुत गर्न सकिन्छ भन्ने विस्वासका साथ २०२३-२०२५ कार्यकालको लागि मैले सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।

उर्मिला श्रेष्ठ
महिला सचिव पदको उम्मेदवार
, एनआरएनए अमेरिका
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको जुलाइ 22 र 23 मा हुन गईरहेको आसन्न निर्वाचनमा मैले पनि महिला सचिव पदमा रहेर यस संस्थामा काम गर्ने ईच्छा भएकोले आफनो उम्मेदवारी दर्ता गरेको हुँ ।

रमा खतिवडा
बाेर्ड अफ डाइरेक्टर (महिला) पदको उम्मेदवार, एनआरएनए अमेरिका
म रमा खतिवडा (प्याकुरेल ) बिगत ८ बर्षदेखि अमेरीकामा स्थायी रूपमा वस्दै आएको र यो बसाइ बस्ने क्रममा बिभिन्न संघ संस्थामा आवद्ध भई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा गर्दैआएको कुरा यहाँलाई अबगत नै छ ।
अब को नेतृत्व ले स्पस्ट भिजन, र कार्यदिशा बोक्न, NRNA को बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा हुन जरुरी छ । यस संस्थालाई अझ सबल, सक्षम, पारदर्शी , विश्वसनीय बनाउन असल र अब्बल नेतृत्वको आवश्यकता छ । NRNA लाई प्रबासमा बस्ने हामी सबैको अपनत्व महसुस बनाउन म आफ्नो मन बचन र कर्मले दृडताको साथ लाग्ने कुरा विश्वाश दिलाउन चाहन्छु !
उल्लेखित प्रतिवद्धता पुरा पुरा गर्न आफुले (२०२३-२०२५) कार्यकालको निम्ति Board of director (women) पदमा उम्मेदवारी दिएको छु ।

श्रृजना शर्मा
बाेर्ड अफ डाइरेक्टर (महिला) पदको उम्मेदवार
, एनआरएनए अमेरिका
म, श्रृजना शर्मा, यस पटकको निर्वाचनमा म आफूपनि मेरा अग्रज, बुध्दिजीवी, संघसंस्थाका शुभेच्छुक साथीभाइको सल्लाह सुझाव बमोजिम साथै मेरो आफ्नो सामाजिक सेवाप्रतिको लगाव, अनुभव तथा नेतृत्व क्षमताप्रति विश्वास गर्दै प्रवासमा रहेका नेपालीको हितका लागि “परिणाम उन्मुख योजना, निरन्तरता, सहमति, सहकार्य र एकता आजको आवश्यकता” नाराका साथ राष्ट्रिय समन्वय परिषदको Board Of Director (Women) पदमा उमेदवार भएको छु । स्वभावतः सामाजिक कार्यहरूमा सेवाभावका साथ लागि पर्ने मेरो मनैदेखिको हुटहुटी नेपाल हुदै देखि र यहाँ आएर पनि रही रहेकोले मैले यो उमेदवारी दिएकी हुँ ।