एनआरएनए अमेरिका पश्चिम क्षेत्रको संयोजकमा उत्तम धमलाको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
शनिबार, असार २३, २०८०

डेली सिटी । धादिङमा रहँदा रेडियो लोकतन्त्र मार्फत संचारकर्म गरेका उत्तम धमला यतिबेला क्यालिफोर्नियाको डेली सिटीमा बस्छन् । सामाजिक काममा अग्रपंतीमा देखिने युवा उनै धमला यतिबेला गैर आवासिय नेपाली संघ अमेरिका पश्चिम क्षेत्रको क्षेत्रिय संयोजक पदमा उम्मेदवार छन् ।

आगामी २०२३-२५ को कार्यकाल लागि जुलाईको २२ र २३ तारिखका दिन हुने निर्वाचनमा उम्मेदवारी दिएका धमला NRNA California Chapter को बोर्ड सदस्य NRNA America को मिडिया एन्ड पब्लिकेसन्स कमिटीको उपप्रमुख समेत हुन् ।

सामाजिक कर्ममा विस्वास गर्ने धादिङ नीलकण्ठ नगरपालिका जन्मभूमि भएका उनले मुख्यतय ५ वटा विषयलाई आफ्नो चुनावी प्रतिवद्धता बनाएका छन् । जसमा उनले आवासिय नेपाली संघ अमेरीकाको मेरुदण्ड स्थानिय च्याप्टर र सम्बन्धित क्षेत्रलाई मजबुत बनाउन आफुले उम्मेदवारी दिएको धादिङपोष्टलाई बताए ।

उनको चुनावी प्रतिवद्धताहरु
१. यस क्षेत्रका स्थानिय च्याप्टरहरुलाई थप मजबुत बनाऊंदै च्याप्टर नभएका राज्यहरुमा च्याप्टर गठनको पहल गर्ने ।
२. स्थानिय च्याप्टरहरुको सहयोगमा सम्बन्धित राज्यका ठूला सहरहरुमा नेपाल चिनाउने र नेपाल भ्रमणका लागी स्थानिय विदेशीहरुलाई प्रेरित गराउने कार्यक्रमहरु सन्चालन गर्ने ।
३. यस क्षेत्रका नेपाली मूलका व्यवसायीहरुलाई सम्पर्क गराएर आ-आफ्ना सिप एवं अवधारणाहरु आदान प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।
४. नेपाली दुतावासले दिंदै आएको घुम्ति सेवामा समन्वयकारी भूमिका निर्वाह गर्दै पश्चिम क्षेत्रमा नेपाली दुतावासको कन्सुलर अफिस स्थापनाका लागी अरु स्थानिय संघ संस्थाहरुसंग समन्वय गर्दै पहल गर्ने ।
५. गैर आवासिय नेपालि संघमा युवाहरुको अत्याधिक सहभागिताका लागी धेरै भन्दा धेरै युवामुखी कार्यक्रमहरु सन्चालन गर्ने ।