एनआरएनए न्यूजर्सीको अध्यक्षमा भक्त गुरुङ निर्विरोध निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
शनिबार, असार १६, २०८०

न्यूजर्सी । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका न्यूजर्सी च्याप्टरको अध्यक्षमा धादिङ नेपाली समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष भक्त गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

गुरूङ (तमु) सोसाइटी इन्क, यु.एस.ए. का बोर्ड सदस्य समेत रहेका गुरुङ २०२३-२०२५ को कार्यकालका लागि एनआरएनए न्यूजर्सीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनको जन्मभूमि धादिङ नीलकण्ठ नगरपालिका स्थित सुनौला बजार जलकेनी हो ।

बिगत १५ बर्षदेखि अमेरीकामा स्थायी रूपमा बस्दै आएका उनी हाल विगत ७ वर्षदेखि न्यूजर्सीमा रहँदै सामाजिक कार्यमा सरिक हुँदै आएका छन् ।