धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा रक्तदान

Avatar photo
गोविन्द बुढाथोकी
शुक्रबार, मंसिर १०, २०७८

न्यूर्योर्क मंसिर १० । धादिङ नेपाली समाज अमेरिकाले न्यूर्योर्क, अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धादिङ नेपाली समाज अमेरिकाले यो चौंथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको महसचिव विकास कंडेलले बताए ।

न्यूर्योर्क स्थित नेपाली महावाणिज्य दुत कन्सुलर गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यथामा भएको उक्त रक्तदान कार्यक्रममा १२० जना भन्दा बढीको सहभागिता रहेको थियो भने ४७ जनाले रक्तदान गरेको थिए ।

कार्यक्रममा रोटरी क्लव न्यूयोर्क, कास्की समाजका, तमाङ सोसाईटी अमेरिका, चितवन समाज अमेरिका, गुरुङ समाज अमेरिका, शेर्पा असोसीएशनका अध्यक्ष, NRNA NY लगायतको आतिथ्यता रहेको थियो ।

धादिङ नेपाली समाज अमेरिकाले नेपालमा विशेष गरी धादिङमा आपतमा परेकाहरुलाई आर्थिक तथा जिन्सी सहयोग गर्दै आईरहेको छ भने भुकम्प र कोरोना संकटमा समेत सहयोगको बलियो उपस्थिति जनाएको थियो ।