धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा रामेश्वर बुर्लाकोटी चयन

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, बैशाख १३, २०७८

न्यूयोर्क बैशाख १३ । धादिङबाट अमेरिका गई बसोबास गर्दै आएकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा रामेश्वर बुर्लाकोटी चयन हुनुभएको छ ।

न्यूयोर्क स्थित बाजेको सेकुवामा सम्पन्न भएको दोस्रो अधिबेशनबाट धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका बुर्लाकोटी अध्यक्षपदमा चयन हुनुभएको हो ।

२१ जनाको उक्त नव निर्वाचित कार्य समितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भक्त गुरुङ, उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा विकास कडेल, सचिवमा उत्तम धमला, कोषाध्यक्षमा कमल दुवाडी, सह कोषध्यक्षमा रमन श्रेष्ठ छन् ।

समाजसेवी लेखबहादुर सिटौलाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष दिवाकर पाण्डेले गर्नुभएको न्यूयोर्कबाट कार्य समिति सदस्य सन्तोष लम्सालले धादिङपोष्टलाई जानकारी दिनु भयो ।