
धादिङ । धादिङको नौ वटा क्याम्पसहरु मध्य सोमबनर चार वटा क्याम्पसमा अखिल (क्रान्तिकारी) ले स्ववियु चुनावका लागि संगठन दर्ता गराएको छ भने अब दुई वटा क्याम्पसमा दर्ता गरिने विद्यार्थी नेता उपेन्द्र जम्कट्टेलले बताए ।
जम्कट्टेलका अनुसार चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार, जय बागेश्वरी क्याम्पस मलेखु, मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी नेत्रावती सामुदायीक क्याम्पस खहरेमा (क्रान्तिकारी) दर्ता भई सकेको छ भने नीलकण्ठ र आदर्शमा पनि दर्ताको तयारीमा छ ।
यसअघि स्ववियु चुनाव भएका नमुना बागेश्वरी गल्छी, महेशधर्ममा यो पटक निर्वाचको तयारी छैन भने सल्याटार क्याम्पसमा यस अघि पनि चुनाव भएको थिएन भने यो पटक पनि नहुने बताईएको छ । गत स्ववियु चुनावमा धादिङ आठ क्याम्पस मध्य ५ वटामा स्ववियु सभापति जितेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले यो पटक आसन्न चैत ५ गते हुने स्ववियु चुनावका लागि आफ्नो गतिविधि बढाएको छ ।
गत चुनावमा: अखिल (क्रान्तिकारी) ले कांग्रेस निकट नेवि संघ र एमालेको अनेरास्ववियु बीच चुनावी तालमेल हुँदा पनि बेनीघाट रोराङका दुई क्यम्पस चन्द्रोदय विशालटार, जय बागेश्वरी मलेखु, गजुरीको आदर्शमा एकल जित जिकाल्न सफल भएको थियो भने आफ्नो जितका लागि क्रान्तिकारीले धुनीबेसीको मछिन्द्रमा एमाले अखिल सँग तालमेल गरेको थियो । यस्तै त्रिपुरासुन्दरीको नेत्रावती सामुदायीक क्याम्पसमा सबै संगठनहरुले भागबन्डा गरि सभापतिमा क्रान्तिकारीलाई जिताएका थिए । नेवि संघ संगको तालमेलमा असफल देखिएपछि अनेरास्ववियुले गल्छीको नमुना बागेश्वरीमा एकीकृत समाजवादी निकट अनेरास्ववियू सँग तालमेल गरि चुनाव जितेको थियो । यस्तै नीलकण्ठ बहुमुखी क्याम्पसमा नेवि संघले जितेको थियो ।
गत चुनावको
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी
७. नीलकण्ठ बहुमुखी क्याम्पस
सभापतिः नेपाल विद्यार्थी संघ कविराज श्रेष्ठ