गजुरीको आदर्शमा गठबन्धनलाई हराउँदै क्रान्तिकारीका पाण्डे निर्वाचित

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ५, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारमा रहेको आदर्श बहुमुखि क्याम्पसमा एमालेको अनेरास्ववियु र कांग्रेसको नेवि संगको गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीका गणेश पाण्डे विजयी भएका छन् ।

गठबन्धनबाट सभापतिका उम्मेदवार अनेरास्ववियुका सुरेश श्रेष्ठ ६१ मतमा सिमित हुँदा क्रान्तिकारीका गणेश पाण्डेले ७१ मत ल्याई विजयी भएका हुन् । सभापतिमा एकीकृत समाजवादीको अनेरास्ववियुबाट सम्भवी थापा र स्वतन्त्रबाट अविन वर्तौलाको समेत उम्मेदवारी रहेको थियो ।