बेनीघाट रोराङको दुबै क्याम्पसमा गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारी विजयी

Avatar photo
Dhadingpost
चैत्र ५, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटार र मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पस दुबैमा कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै माओवादी निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको छ ।

जय बागेश्वरीको स्ववियु सभापतिमा गठबन्धनका तर्फबाट उठेका उम्मेदवार अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका हुन् भने चन्द्रोदयको सभापतिमा गठबन्धन उम्मेदवार नेवि संघकी संगीता श्रेष्ठलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका हुन् ।

जय बागेश्वरीमा अखिल क्रान्तिकारीका त्रिपाठीले ६२ मत पाउँदा गठबन्धनबाट अनेरास्ववियुका विषम अधिकारीले ३७ मत मात्रै पाएका थिए । अखिल क्रान्तिकारीले बेनीघाट रोराङको दुबै क्याम्पसमा प्यानल नै जित हासिल गर्न सफल भएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उपेन्द्र जमकट्टेलले बताए